logo

bar

भाजापाले भन्यो ‘कीर्ति आजादको भनाइ निन्दनीय, हामी नेपालको साथमा छौं’

पर्शुराम काफ्ले काठमाडौं, १ जेठ | जेठ ०१, २०७५

भारतीय जनता पार्टीका महासचिव एवं बिदेश विभाग इन्चार्ज विजय चौथाइवालेले लोकसभाका सांसद कीर्ति आजादले नेपालको बारेमा दिएको अभिक्यतिको निन्दा गरेका छन् ।

 

आजाद लामो समयदेखि पार्टीबाट निलम्बित रहेको भन्दै चौथाइवालेले भारतले नेपालको भौगोलिक अखण्डताप्रति सम्मान गर्ने पनि स्पस्ट पारेका छन् ।

 उनले आज ट्विट गर्दै भारत नेपालको भौगोलिक अखण्डताको पक्षमा उभिएको र आजादको अभिव्यक्ति दुराग्रहयुक्त रहेको उल्लेख गरेका छन् ।

आजादले नेपालको मिथिला क्षेत्र भारतले लिनु पर्ने भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला ट्विट गरेका थिए । उनको नेपालमा सर्बत्र निन्दा भएपछि भारतीय जनता पार्टीले स्पस्ट पारेको हो ।

 आजादकाे ट्वीट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु