logo

bar

सूर्याको १०ः४ हकप्रद निष्कासन खुला

नयाँ पत्रिका काठमाडाैँ, १ जेठ | जेठ ०१, २०७५

सूर्या लाइफ इन्स्योरेन्स लिमिटेडले वैशाख ३१ देखि १० बराबर ४ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

सो हकप्रद सेयरमा असार ३ सम्म आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

सेयरधनीहरूले एनआइसी एशिया क्यापिटल, सूर्या लाइफ इन्स्योरेन्सको सम्पूर्ण शाखा कार्यालय र सी–आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैशाख ४ सम्म नेप्सेमा कारोबार भई कायम साबिक सेयरधनीले यस हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया