logo

bar

गान्धीको ‘हिन्दस्वराज’मा के थियो ?

प्रदीप गिरि काठमाडाैँ, १ जेठ | जेठ ०१, २०७५

गान्धीको राजनीतिक जीवनको थालनी कुनै पूर्वनिश्चित वादको प्रभावमा भएको थिएन । एक भारतीय व्यवसायीको मुद्दा लडिदिने निम्तोमा गान्धी दक्षिण अफ्रिका भर्खरै मात्र पुगेका थिए । बेलायतबाट कानुन पढेर आएका उनी सुट, बुट, टाई, ह्याट लगाएर फस्ट क्लासको रेलवे कम्पाटमेन्टमा बिराजमान थिए ।

एउटा गोराको इसारामा उनी कम्पाटमेन्टबाट गलहत्याइए । ठन्डीको मौसम थियो । प्लेटफार्ममा पछारिएका गान्धी थरथर कापेका थिए । एक मन त तुरुन्त स्वदेश भागूँ भन्नेपट्टि गयो । अर्को विद्रोही मनले गान्धीलाई संकल्प दियो । गान्धीले यस अपमान र अन्यायको प्रतिकार गर्ने निर्णय गरे ।

 

यो घटना मई १८९३ को हो । गान्धी २४ पुगेर २५ तिर लम्कँदै थिए । अफ्रिका–प्रवास छोटो होला भन्ने पूर्वानुमान थियो । झन्डै बीस वर्ष बित्यो । गान्धीले दक्षिण अफ्रिकामा भारतीय प्रवासीको अधिकारको संघर्षको सूत्रपात गरे । सत्याग्रह आविष्कारको नेतृत्व गरे । दक्षिण अफ्रिका उनको प्रयोगशाला ठहरियो । त्यस अनुभवका आधारमा गान्धीले भारतीय स्वाधीनता–आन्दोलनको नेतृत्व गरे ।

दक्षिण अफ्रिकाको संघर्षको सिलसिलामा उजुरबाजुर गर्न अगस्त १९०९ इस्वीमा गान्धी लन्डन गएका थिए । केही दिन अघिमात्र (१ जुलाईका दिन) मदनलाल धिङ्गडाले अंग्रेज हाकिम कर्जन वायलीको हत्या गरेका थिए । गान्धी लन्डन पुग्दा त्यहाँका भारतीयको कोठा–चोटामा मदनलालको बहादुरीको चर्चा थियो । यसपटक गान्धी चार महिना लन्डन बसे ।

त्यस प्रवासमा अनेकन भारतीयसँग भेट भयो । भारतलाई आजाद बनाउने विषयमा धेरै थरिका मानिससँग बहस भयो । अधिकांश भारतीय मदनलाल धिङ्गराका प्रशंसक थिए । गान्धीलाई भने हिंसा र आंतकवादको कार्यपद्धतिप्रति विश्वास थिएन । लगत्तै पछि गान्धीले यस घटनाको निन्दा गरेर लेखे– युवा मदनलाल धिङ्गडालाई उचालेर हत्यामा प्रवृत्त गराउने महानुभावहरू झन् ठूला अपराधी हुन् ।

 

स्वाधीन भारत कस्तो हुनुपर्छ, त्यस स्वाधीनतालाई प्राप्त गर्न के–कस्तो साधन अपनाउनु उचित हुनेछ भन्ने छलफलका क्रममा गान्धी अंग्रेजी वा आधुनिक सभ्यताको मूल्यांकन गर्छन् । गान्धी आधुनिक सभ्यतालाई मनुष्य मात्रको सुख–शान्तिका निमित्त ठूलो बाधाको रूपमा देख्छन् । एउटा महारोगको रूपमा उनी यस सभ्यतालाई लिन्छन् ।

 

नोभेम्बर १९०९ मै गान्धी क्यालेडन क्यासल भन्ने जहाजबाट दक्षिण अफ्रिका फर्किए । जहाजको सफर लामै थियो । गान्धीको मनोमस्तिष्कमा धिङ्गडा प्रकरण नाची रहेको थियो । भारतीय स्वाधीनता प्राप्त गर्ने विषयमा लन्डनमा भएका छलफल आलो थियो । त्यसै जहाजमा भेटिएको कागजमा गान्धीले केरकार सुरु गरे । केही लेख्न थाले । त्यो केरकार एउटा सिङ्गो पुस्तक बन्यो । जहाज यात्रामा नै पुस्तक सिद्धियो । पुस्तक छापियो । गान्धीले पुस्तकको न्वारान ‘हिन्दस्वराज’ भनेर गरे ।

आफ्नो जीन्दगीमा गान्धीले कति लेखे, के लेखे त्यसको सिङ्गो लेखाजोखा अझै भएको छैन । सामान्यतः गान्धी बोलेर लेखाउथे । परिस्थितिको दवावमा तत्काल प्रतिक्रिया दिन्थे । यस्ता प्रतिक्रिया अनगिन्ती छन् । तीनवटा कृति भने गान्धीले बडो मनोयोग र आवेशका साथ लेखे । ती तीनमध्ये हिन्दस्वराज प्रमुख छ । हिन्दस्वराज लेख्ने आवेशमा गान्धी दाहिने हात थाक्दा देब्रेले लेख्थे । उनी आफैँले भनेका छन् ।

प्रकाशित पुस्तक गान्धीले धेरैलाई पढ्न दिए । लियो टोल्सटोय गान्धीका गुरु थिए । उनले यस पुस्तकको स्वागत गरे । गोखले अर्का गुरु थिए । उनले हाँसेर उडाए । गान्धीको जीवनकालमा यस पुस्तकले महत्व पाएन । कांग्रेसले पुस्तक स्वीकार गरेन् । यो बुझेर गान्धीले १९२१ मा आफ्ना विचारका बारेमा स्पष्टीकरण दिएका थिए ।

मेरा विचार अहिलेलाई मैले आफ्ना उपर मात्र लागू गर्ने हो । यथासम्भव लागू गरेको छु । भारत स्वाधीन भएको खण्डमा उसले आफ्नो बाटो पक्रनेछ । मेरो विचार मान्नुपर्छ भन्नेछैन । अहिलेको परिवेश हेर्दा मान्ला जस्तो पनि छैन ।

हिन्दस्वराज छापिएको ३० वर्षपछि १९३८ इस्वीमा गान्धीले एउटा भूमिका फेरि थपे । गान्धी भन्छन्— ३० वर्षमा मैले धेरै उतावचढाव देखें । धेरै कुरा सिखे । धेरै कुरा छाडें । तर यस पुस्तिकाको आधारभूत विचारमा अझै अडिग छु ।

ठीक सात वर्षपछि अर्थात् १९४५ इस्वीमा यस पुस्तकलाई लिएर गान्धी र नेहरूमा लामो पत्राचार भएको भेटिन्छ । आखिरी पत्रमा नेहरू झर्केर भन्छन्– यस्ता बकम्फुसे कुरामा पत्र लेखिरहने मलाई फुर्सद छैन । अरू कुरा छ भने भन्नुहोला !

यताका दशकमा भने यस पुस्तकले पश्चिममा तीव्र चासो उत्पन्न गरेको छ । विश्वविद्यालयमा यस पुस्तकलाई पढाइन्छ । प्राज्ञिक युरोपले गान्धीलाई उत्तर–आधुनिक आँखाले हेरेको छ । गान्धी र माक्र्सको तुलनात्मक अध्ययन हुने गरेको छ ।

आखिर पुस्तकमा के थियो ?

पुस्तक हिन्दस्वराज प्रश्नोत्तरशैलीमा लेखिएको छ । यसको शैली अत्यन्त सरल छ । सामान्य आकारको लगभग १०० पृष्ठको होला । एक क्रान्तिकारी ‘प्रश्नकर्ता’ छन् । ती प्रश्नकर्ताको उत्तर दिने कोही ‘सम्पादक’ छन् । गान्धीका कथनानुसार हिन्दस्वराज एउटा वास्तविक कुराकानीका आधारमा लेखिएको पुस्तक हो ।

 

मदनलाल धिङ्गडाले अंग्रेज हाकिम कर्जन वायलीको हत्या गरेका थिए । गान्धी लन्डन पुग्दा त्यहाँका भारतीयको कोठा–चोटामा मदनलालको बहादुरीको चर्चा थियो । भारतलाई आजाद बनाउने विषयमा धेरै थरीका मानिससँग बहस भयो । अधिकांश भारतीय मदनलाल धिङ्गराका प्रशंसक थिए । गान्धीलाई भने हिंसा र आंतकवादको कार्यपद्धतिप्रति विश्वास थिएन । लगत्तै पछि गान्धीले यस घटनाको निन्दा गरेर लेखे– युवा मदनलाल धिङ्गडालाई उचालेर हत्यामा प्रवृत्त गराउने महानुभावहरू झन् ठूला अपराधी हुन् ।

 

हिन्दस्वराजमा बीस अध्याय छन् । पुस्तक भारतीय स्वाधीनताको प्राप्ति, स्वरूप र सारसम्बन्धी प्रश्नोत्तरबाट सुरु भएको छ । लेखक गान्धी भारतीय राष्ट्रिय कांग्रेसको राजनीतिसँग पूर्ण अवगत देखिन्छन् ।

भारतीय स्वाधीनताको प्रसंगबाट पुस्तिका सुरु हुन्छ, यसै प्रसंगबाट अन्त हुन्छ । आखिरी अध्यायमा गान्धी राष्ट्रिय कांग्रेसका द्वन्द्वरत गुटलाई सल्लाह दिएर आफ्नो कुरा टुंग्याउँछन् । यस दृष्टिले यो एक राजनीतिक कृति हो । तर, यो राजनीतिक कृति मात्र होइन भनेर गान्धीले बारम्बार भनेका छन् ।

स्वाधीन भारत कस्तो हुनुपर्छ, त्यस स्वाधीनतालाई प्राप्त गर्न के–कस्तो साधन अपनाउनु उचित हुनेछ भन्ने छलफलका क्रममा गान्धी अंग्रेजी वा आधुनिक सभ्यताको मूल्यांकन गर्छन् । गान्धी आधुनिक सभ्यतालाई मनुष्य मात्रको सुख–शान्तिका निमित्त ठूलो बाधाको रूपमा देख्दछन् । एउटा महारोगको रूपमा उनी यस सभ्यतालाई लिन्छन् ।

गान्धीका अधिकांश समकालीन भारतलाई आधुनिक बनाउन चाहन्थे । गान्धी एक त यो सम्भव देख्दैनथे । भारतजस्ता मुलुकको क्रूर भौतिक शोषण गरेर बेलायत र फ्रान्सजस्ता देश ‘आधुनिक’ भएका हुन् । भारतले त्यस किसिमको आधुनिकता चाहेर पनि प्राप्त गर्न सक्दैन । भारतजस्तो विशाल देशले इंग्ल्यान्ड बन्न खोज्दा कसको शोषण गर्ने ? उननिवेश खोज्न कता जाने ?

भारतीय जीवनमूल्य स्वस्थ र सबल छन् । ग्रामीण जनजीवन धर्मप्राण र ऊर्जावान् छ । स्वाधीन भारतले गाउँपट्टि हेर्नुपर्छ । पश्चिमीकरण गरेर हुँदैन । पश्चिममा केही राम्रा कुरा छन् । ती राम्रा कुरालाई हामीले भारतीय वस्तुस्थितिका अनुसार ग्रहण वा परित्याग गर्नुपर्छ । यथावत् राख्ने सोचाइ गलत हो ।

गान्धी हिन्दस्वराजमा विकासको वैकल्पिक नमुना पेस गर्छन् । तर, गान्धीले प्रस्ताव गरेको कुरालाई विकास पनि भन्न सकिँदैन होला । यताका दशकमा तेस्रो विश्वमा विकासका नाउँमा विनाश आमन्त्रित भएको छ भन्ने कुरो उठिरहेको छ । गान्धी पनि प्रचलित विकासको पक्षमा छैनन् ।

विकासको प्रचलित नमुनाले हिंसा र घृणालाई जन्म दिएको छ । प्रचलित नमुना नाफाको लोभबाट प्रेरित छ । मानिस कमाउन कमाउँदै छ । पैसा कमाउने क्रममा आफूले के गर्दै छु भन्ने कुरो पनि उसले थाहा पाउँदैन । आधुनिक उत्पादन प्रणालीमा मानिस एउटा कलपुर्जा भएको छ । कारखानामा कसैले कुनै बटन थिच्छ । सामानको कुनै टुक्रो बनाउँछ । अन्ततः त्यो समान के बन्छ र कस्तो बन्छ मजदुरले थाहा पाउँदैन । मानिस सिर्जनात्मक सुखबाट वञ्चित रहन्छ ।

गान्धीका गुरुमध्ये जोन रस्किन र एडवर्ड कारपेन्टरले यस्ता कुरा गरेका थिए । गान्धीले यी दुवैका कृति पढेका थिए । गान्धीले कार्लमाक्र्स पढेका थिएनन् । तर, कार्लमाक्र्सले पनि मजदुर वर्गको आत्मनिर्वासनको कुरा गर्दा यस्तै कुरा भनेका छन् ।

 

आफ्नो जिन्दगीमा गान्धीले कति लेखे, के लेखे त्यसको सिंगो लेखाजोखा अझै भएको छैन । सामान्यतः गान्धी बोलेर लेखाउँथे । परिस्थितिको दबाबमा तत्काल प्रतिक्रिया दिन्थे । यस्ता प्रतिक्रिया अनगिन्ती छन् । तीनवटा कृति भने गान्धीले बडो मनोयोग र आवेशका साथ लेखे । ती तीनमध्ये हिन्दस्वराज प्रमुख छ । हिन्दस्वराज लेख्ने आवेशमा गान्धी दाहिने हात थाक्दा देब्रेले लेख्थे । पुस्तक वास्तविक कुराकानीका आधारमा लेखिएको हो ।

 

तर माक्र्स र गान्धीमा एउटा आधारभूत फरक छ । माक्र्स आधुनिक उत्पादन प्रणालीले आत्मनिर्वासन उत्पन्न गर्ने कुरासम्म त अवश्य भन्छन् । माक्र्सको उत्पादन प्रणालीका दुई पहलु छन् । एउटा उत्पादनको साधन हो । अर्को उत्पादनको सम्बन्ध । माक्र्स उत्पादनको सम्बन्धलाई तोड्न चाहन्छन् । उत्पादनका साधनसँग उनलाई कुनै आपत्ति देखिँदैन ।

गान्धी उत्पादनको साधनको समेत विरोधी छन् । उत्पादनको साधन उनै रहँदासम्म उत्पादनको सम्बन्ध पनि फेर्न सकिँदैन । त्यसैले मानिसलाई सुखी र स्वतन्त्र बनाउने हो भने उत्पादनको प्रचलित प्रणालीसमेतलाई तिलाञ्जली दिनुपर्छ । गान्धी सिंगो उत्पादन प्रणालीलाई विस्थापित गर्न चाहन्छन् ।

गान्धी भारतको नवनिर्माणका निमित्त श्रमको सम्मान र गरिमाको वकालत गर्छन् । फ्रेडरिक एंगेल्सले बाँदरबाट मानिस बन्नेबारे श्रमको भूमिकाको विषयमा एउटा साँच्चै अद्भूत कृति लेखेका छन् । गान्धीले यो पुस्तिक निश्चय पढेका थिएनन् । उनले टोल्सटोयबाट श्रमको महिमा सिकेका थिए । श्रमको महिमामण्डन गर्ने क्रममा उनी चर्खालाई अगाडि सार्छन् ।

गान्धीको चर्खा प्रचारको दुई पहलु छन् । एउटा उनी मानिस खाली बसेको देख्न चाहन्नथे । सबैले रोजगार पाउने माध्यमका रूपमा सस्तो र सजिलो चर्खालाई लिएका थिए । दोस्रो चर्खा वा साना उद्योगले मानिसलाई साँचो अर्थमा स्वाधीन बनाउँछ भन्दथे ।

चर्खाजस्ता प्राथमिक प्रविधिले उत्पादन बढाउन सक्दैन । गान्धीलाई यो थाहा थियो । पछि लेखिएका भूमिकामा उनले चर्खा वा त्यस्ता संयन्त्रको परिष्कार गर्नुपर्ने कुरा स्वीकार गरेका छन् । हिन्दस्वराजको एउटा भूमिकामा गान्धीले सिलाइ मेसिनप्रति देखाएको प्रेमको चर्चा छ । तर सादगी, संयम र अपरिग्रहसँग उनको कुनै सम्झौता छैन । शुमांखरले लेखेको ‘स्मल इज ब्युटिफुल’ भन्ने पुस्तकलाई गान्धी विचारको समकालीन भाष्य भन्न सकिन्छ ।

१९०९ मा गान्धीले चालीस वर्ष काटेका थिए । राजनीतिमा गहिरो चासो लिइरहेका थिए । त्यतिवेला भारतीय राष्ट्रिय कांग्रेस स्थापना भएको झन्डै पच्चीस वर्ष भएको थियो । बंगालको विभाजनले कांग्रेसको राजनीति तातेको थियो । तर, कांग्रेसको अन्तरद्वन्द्वले गर्दा भारतीय राजनीति आशाप्रद थिएन । गान्धीको सहानुभूति नरम दलपट्टि थियो ।

गान्धीले नरम दलका नेता दादाभाइ नैरोजी र गोपालकृष्ण गोखलेको ठूलो प्रशंसा गरेका छन् । गरम दलका नेताहरू यथा बालगंगाधर तिलक र अरविन्दको नामोल्लेखसमेत छैन । प्रश्नकर्ता भने गरम दलका समर्थक छन् । प्रश्नकर्तालाई ठाउँमा ल्याउन गान्धीले भावी भारतको कुरा उठाउँछन् । अंग्रेजले तपाईंले खोजेजस्तै भारत छाडिदियो भने कस्तो भारत बनाउनु हुन्छ त ? भनेर उल्टै प्रश्नकर्तालाई -याख-याखती पार्छन् ।

प्रश्नकर्ताले यस विषयमा केही सोचेको छैन । पहिले अंग्रेजलाई धपाऊँ अनि जे होला देखाउँला भन्ने उनको उत्तर छ । अंग्रेजलाई धपाउने क्रममा हिंसा अनिवार्य छ भन्ने प्रश्नकर्ताको आग्रह छ । यी दुइटै कुरा गान्धी मान्दैनन् ।

प्रश्नकर्ता स्वाधीन भारतमा भारतीय शासक चाहन्छन् । तर, अंग्रेजले ल्याएको कानुन, अदालत, सेना, पुलिस र शिक्षा प्रणालीसमेत पनि ती क्रान्तिकारीलाई स्वीकार्य छ । गान्धी सिंगो अंग्रेजी राजलाई खारेज गर्छन् । यसै अभिक्रममा गान्धी ब्रह्मचर्य, प्राकृतिक चिकित्सा, अंग्रेजी अड्डा अदालत, अंग्रेजी शिक्षासमेतको उन्मूलनको कुरा उठाउँछन् । हिंसाबाट आउने स्वाधीनता उनलाई चाहिएको छैन । हिंसा स्वयं पश्चिमी सभ्यताको देन हो भन्ने उनको तर्क छ ।

बिपी कोइरालाले आफ्ना आखिरी दिनमा प्रस्तुत गर्नुभएको आर्थिक विकासको नमुना गान्धीबाट प्रेरित थियो । ठूला बाटा चाहिँदैनन्, एयरपोर्ट चाहिँदै चाहिँदैन, विकास एक मानवीय प्रक्रिया हो, हामीले सहर होइन, गाउँलाई केन्द्रमा राखेर योजना बनाउनुपर्छ, योजना आयोगमा हलो जोतेको किसानको तस्बिर रहनुपर्छ । यी सबै कुरा गान्धीसँग मिल्दाजुल्दा कुरा थिए । यसको अर्थ बिपी कोइराला पूर्णतः गान्धीवादी थिए भन्ने छैन । यसै पनि गान्धी त हद नै थिए । त्यसमाथि पनि हिन्दस्वराजका गान्धी ।

हिन्दस्वराजमा गान्धी पश्चिमी सभ्यताको धज्जी उडाउँछन् । पश्चिमी सभ्यताको प्रभा–मण्डलबाट तिरमिरिएका भारतीय नेताको खिल्ली उडाएका छन् । गान्धीले अंग्रेजी सभ्यताको असाध्य कडा विरोध गरेका छन् । यस्तो विरोधको एउटा राजनीतिक तात्पर्यसँगै रहेको प्रतीत हुन्छ । गान्धीले हिन्दस्वराजमा भारत पराधीन भएको कारण खोजेका छन् ।

मुठीभर अंग्रेजले यत्रो विशाल देशलाई कसरी जित्न सक्यो ? अंग्रेजले सैन्य बलले भारतलाई जित्यो भन्ने कुनै आधार छैन । गान्धीले हिन्दस्वराज लेख्दाताका पनि भारतमा उपस्थित अंग्रेजी सैन्य–शक्ति उल्लेखनीय थिएन । भारतीयले विद्रोह गर्दा अंग्रेज पराजित हुन्थे । तर, भारतीयहरू त्यस्तो गर्न असमर्थ थिए । गान्धीले बारम्बार भनेका छन्— हामी आफ्ना कमजोरीले गर्दा पराधीन भएका छौँ ।

दासता स्वीकार गरेका छौँ । हाम्रा अन्तरनिहित कमजोरीलाई नचिन्दासम्म हामी दास भैरहन्छौँ । गान्धीले भारतवासीको अनेकन किसिमका कमजोरीको उल्लेख गरेका छन् । तर, मुख्य कमजोरीका रूपमा उनी तत्कालीन हिन्दुस्तानमा रहेको हीनत्वबोधको संकेत गर्छन् ।

 

बिपी कोइरालाले आफ्ना आखिरी दिनमा प्रस्तुत गर्नुभएको आर्थिक विकासको नमुना गान्धीबाट प्रेरित थियो । ठूला बाटा चाहिँदैनन्, एयरपोर्ट चाहिँदै चाहिँदैन, विकास एक मानवीय प्रक्रिया हो, हामीले सहर होइन, गाउँलाई केन्द्रमा राखेर योजना बनाउनुपर्छ, योजना आयोगमा हलो जोतेको किसानको तस्बिर रहनुपर्छ । यी सबै कुरा गान्धीसँग मिल्दाजुल्दा कुरा थिए । यसको अर्थ बिपी कोइराला पूर्णतः गान्धीवादी थिए भन्ने छैन । यसै पनि गान्धी त हद नै थिए । त्यसमाथि पनि हिन्दस्वराजका गान्धी ।

 

नभन्दै यो सबै हुने–खाने भारतीय अंग्रेजी जीवनको नक्कल गर्न व्याकुल थिए । ह्याट–टाई देखि लिएर चम्चा–काँटासम्म चलाउन चाहन्थे । खाँटी अंग्रेज बन्न चाहन्थे । एक उमेरमा गान्धीमा पनि यस्तै नशा थियो । लन्डनको समाजमा स्वीकृत र सम्मानित हुन उनले अनेक कसरत गरेका थिए ।

दक्षिण अफ्रिकाको अनुभवले उनको मोह भंग भएको थियो । आजका क्रान्तिकारी नेपाली आफूलाई अंग्रेज र अमेरिकन बनाउन उन्मत्त छन् । नेपाललाई सिंगापुर र स्विट्जरल्यान्ड बनाउने कुरा गर्छन् । तिनताकाको भारतीय मनस्थिति योभन्दा खराब थियो । गान्धीको आक्रोशलाई त्यस पृष्ठभूमिकामा बुझ्न सकिन्छ ।

दक्षिण अफ्रिकाको रेलवे स्टेसनमा अपमानित भएर गान्धी सार्वजनिक जीवनमा उत्रिएका थिए । रेलबाट लगारिएपछि लगत्तै भारतीय मित्रहरूलाई भेटे । त्यहाँका भारतीयका निमित्त यो अनौठो घटना थिएन । उनीहरू यस्तो अपमानमा अभ्यस्त भइसकेका थिए ।

उनीहरूले गान्धीको आक्रोश बुझ्न पनि सकेनन् । धनाढ्य भारतीय पैसा बटुल्नमा व्यस्त थिए । अर्कोतिर बाधा भारतीय श्रमिक थिए । हुनेखानेमा स्वाभिमान थिएन । बँधुवा बिचरा के बोलून्, के गरून् ? राज्यले उनीहरूलाई चुइँक्क गर्न
दिएको थिएन ।

जोसुकै मानिस आफ्ना घाउले विह्वल हुन्छ । त्यो आफैँमा ठूलो कुरो होइन । अर्कोलाई त्यस्तै घाउले छटपटिएको देखेर मलम लगाउन अघि सर्नु मानवता हो । गान्धीले आफ्नो अपमानलाई अफ्रिकाका भारतीयको अपमानको रूपमा लिए । उर्दू कवितामा ‘गमे जाना’लाई ‘गमे दौरा’ बनाउने भन्ने कुरा आउँछ । गान्धीको जीवनमा त्यो चरितार्थ भयो ।

क्यालेडन क्यासल नाउँ भएको त्यस जहाजमा हिन्दस्वराजको खेस्रा गर्न थाल्दा गान्धीसँग दक्षिण अफ्रिका प्रवासको झन्डै पन्ध्र वर्षको अनुभव थियो । ती पन्ध्र वर्ष गान्धीको आत्म–प्रशिक्षणका वर्ष थिए । आत्मसाक्षात्कारका वर्ष थिए । हिन्दस्वराज कुनै लहडमा लेखिएको थिएन ।

पुस्तक उनको जीवनसंघर्षको निचोड थियो । लेखक गान्धी यसपटक आफ्नो स्पष्ट मान्यताका साथ बोल्दै छन् । गान्धीले पश्चिमी सभ्यताको निन्दा गर्ने क्रममा पैगम्बर मोहम्मदलाई उद्धृत गरेका छन् । उनी लगभग मोहम्मदकै शैलीमा कुरा गर्छन् । उनको आत्मविश्वासमा मसिहाइ अन्दाज छ । दुई–तीनवटा कुराले मात्र जोगाएको छ ।

 

हिन्दस्वराजलाई पढ्दा कस्तो न कस्तो अन्टसन्ट जस्तो लाग्छ । जवाहरलाल नेहरूलाई पनि त्यस्तै लागेको थियो । तर, यस्तो अन्टसन्ट लेख्ने गान्धी एक सुपठित व्यक्ति थिए । जवाहरलाल नेहरूले उनका सिद्धान्तलाई अव्यावहारिक भनेका छन् । खिल्ली उडाएका छन् । गान्धी र नेहरूबीच १९४५–०४६ मा भएको पत्रचारमा यस्ता कुरा आएका छन् ।

 

एक, गान्धी आफूलाई ईश्वरको सन्देशबाहक भन्दैनन् । दुई, उनी आफूले गल्ती गर्न सक्ने कुरा सधैँ याद राख्छन् । गल्ती गर्दा गान्धी आफ्ना कुरा सच्याउँछन् । मेरो हिजोको कुरा बिर्स आजको कुरा मात्र सुन भन्छन् । त्यसै कारण उनी समाज–वैज्ञानिक देखिन्छन्, प्रयोगको परिणाम स्वीकार गर्ने वैज्ञानिक !
गान्धी तेस्रो कुरामा पनि झन् ज्यादा जोड दिन्छन् ।

गान्धीको ‘स्वराज’को दुईवटा अलग आयाम छ— अंग्रेजसँग लडेर स्वराज लिने कुरा एउटा हो । बाहिरियासँग लडेर लिने कुरा कताकता सजिलो छ । आफूसँग लड्नु ज्यादा गाह्रो छ । आफ्ना भित्र अन्तरनिहित हिंसा, लालच र भय जस्ता शत्रुसँग समेत पनि लड्नुपर्छ । यो लडाइँ ज्यादा कठिन छ ।

यस्ता लडाइँ लडेर आफूलाई जितिसकेको मानिसले मात्र बाह्य–स्वाधीनताको लडाइँ जित्न सक्छ । भारतीयहरू आफ्नै कमजोरीले गर्दा पराधीन भएका हुन् । अंग्रेजलाई दोष दिनु बेकार छ । गान्धी यो कुरो बारम्बार भन्छन् ।

अफ्रिकामा गान्धीलाई एउटा वकिल हैसियतमा आमन्त्रित गरिएको थियो । अफ्रिकामा काम पाइने निम्तो पाउनासाथ त्यता हिँडे । लन्डनको पढाइमा यसै पनि कसर थिएन । गृह–देशमा संकोचले बोल्नै सकेका थिएनन् । अफ्रिकामा वकालत चल्नसम्म चल्यो । त्यतिवेलाका हिसाबले ठूलो दौलत कमाउँथे भनी जानकारले लेखेका छन् ।

गान्धीले स्वेच्छाले यो सब छाडेर सत्याग्रहमा जुटेका थिए । त्यसै कालावधिमा हिन्दस्वराज लेखियो । कानुन पढ्दा उनले अध्ययन गरेको पाठ्यक्रम उच्चस्तरको थियो । दक्षिण अफ्रिकामा उनको वकालत त्यसै चलेको थिएन । आन्दोलनमा होमिँदा पनि उनको वकिल दिमाग जागरुक थियो । ब्रिटिस साम्राज्यलाई उसकै कानुनको धारा देखाएर लाचार गर्ने उनको रणनीति थियो ।

आज हिन्दस्वराजलाई पढ्दा कस्तो न कस्तो अन्टसन्ट जस्तो लाग्छ । जवाहरलाल नेहरूलाई पनि त्यस्तै लागेको थियो । तर, यस्तो अन्टसन्ट लेख्ने गान्धी एक सुपठित व्यक्ति थिए । हिन्दस्वराजको परिशिष्टमा उनले पढेका किताबको सूची छ ।

गान्धीले मनज्ञ अध्ययन गरेको त्यसबाट बुझिन्छ । जवाहरलाल नेहरूले उनका सिद्धान्तलाई अव्यावहारिक भनेका छन् । खिल्ली उडाएका छन् । गान्धी र नेहरूबीच १९४५–०४६ मा भएको पत्रचारमा यस्ता कुरा आएका छन् ।

स्मरणीय छ, यिनै अव्यावहारिक बुढाले नेहरूलाई स्वाधीन भारतको प्रथम प्रधानमन्त्री बनाए । आफ्नो उत्तराधिकारी भन्न चुकेनन् । प्रधानमन्त्रीको छनोटमा पार्टीले सरदार पटेललाई मन पराएको थियो । तर, गान्धीको आग्रहमा पटेल प्रतिस्पर्धामा गएनन् ।

जवाहरलाल नेहरूले एक होइन, अनेक पटक भनेका–लेखेका थिए– गान्धीसँग भेट नहुँदो हो त अरूथोक जे भए पनि म मान्छे भने हुन सक्दिनथेँ । भावी भारतको नव–निर्माणका हकमा भने गान्धी र नेहरूमा मतभेद थियो । त्यो के थियो त ?

क्रमशः

तपाईको प्रतिक्रिया