logo

bar

जावलाखेलमा रातो मच्छेन्द्रनाथको भोटो देखाइयो {फोटोफिचर}

नयाँ पत्रिका काठमाडौँ | बैशाख ३०, २०७५

तस्बिर : विनाेद बिष्ट/नयाँ पत्रिका

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो जावलाखेल मैदानमा प्रदर्शन गरिएको छ । भोटो जात्रा हेर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कामु प्रधानन्यायाधीश दीपकराज जोशी र गृहमन्त्री रामबहादुर थापा जावलाखेल पुगेका थिए ।

जात्रा हेर्न मन्त्रिहरु, संघीय संसद्का सांसद, प्रदेशसभा सदस्य, उच्चपदस्थ सरकारी कर्मचारी र सर्वसाधारणको जावलाखेलमा भीड लागेको थियो । भोटो रातो मच्छेन्द्रनाथ र राष्ट्रपति भण्डारीलाई देखाएपछि रथको चारै सुरबाट तीन/तीन पटक उपस्थित सबैलाई देखाइएको गुठी संस्थान ललितपुर शाखा प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु