logo

bar

डिप्रोक्सको नाफा १७ करोड ७५ लाख

नयाँ पत्रिका काठमाडाैँ, ३० वैशाख | बैशाख ३०, २०७५

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा डिप्रोक्स लघुवित्त विकास बैंकले १७ करोड ७५ लाख खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ दशमलव ८८ प्रतिशत कम हो । खुद ब्याज आम्दानी सामान्य बढे पनि सञ्चालन मुनाफा घटेपछि बैंकको नाफा घट्न पुगेको हो ।

सो अवधिमा बैंकको चुक्ता पुँजी ७० करोड ३१ लाख रहेको छ भने जगेडा कोष ४५ करोड ९० लाख रहेको छ ।

बैंकको निक्षेप सो अवधिमा ४१ दशमलव ८५ प्रतिशत र कर्जा तथा सापटी ४० दशमलव ३० प्रतिशत बढेको छ ।

त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी १ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १८ दशमलव ३६ प्रतिशत घटेको छ ।

बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ७९ प्रतिशत रहेको छ । बैंकले सो अवधिमा ४ करोड ८८ लाख खराब कर्जा संकलन गर्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया