logo

bar

सुजाताका आँखामा शेखर र शशांक

मधुसुधन भट्टराई काठमाडाैँ, २४ वैशाख | बैशाख २४, २०७५

नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको नेतृत्व लामो समयसम्म कोइराला परिवारले सम्हाल्यो । आजसम्म पनि कांग्रेसलाई ‘कोइरालाहरूको पार्टी’ भन्नेको कमी छैन । लामो समयसम्म पार्टी नेतृत्व सम्हालेको कोइराला परिवारले १३औँ महाधिवेशनमा मूल नेतृत्वका लागि दाबी नै गरेन । आगामी १४औँ महाधिवेशनमा नेतृत्व दाबी गर्ने तयारी गरेको कोइराला परिवारबाट कांग्रेसको वर्तमान केन्द्रीय समितिमा निर्वाचित महामन्त्रीसहित ३ जना छन् । कृष्णप्रसाद कोइरालाका छोरा बिपी कोइरालाका कान्छा छोरा डा. शशांक कोइराला (महामन्त्री), केशव कोइरालाका कान्छा छोरा डा. शेखर कोइराला र गिरिजाप्रसाद कोइरालाकी एक मात्र छोरी सुजाता कोइराला केन्द्रीय सदस्य छन् । नयाँ पत्रिकाकर्मी मधुसुधन भट्टराईले सुजाताका नजरमा डा. शेखर र डा. शशांक कस्ता छन् अनि आफ्नै नजरमा सुजाताका कमजोरी के हुन् ? बुझ्ने प्रयास गरेका छन् :

आफ्नै कमजोरी

कमजोरी १

मेरो सबैभन्दा ठूलो कमजोरी मान्छेलाई छिट्टै पत्याउनु हो । विश्वास गर्नु हो । त्यो कमजोरीलाई सच्याउन जति प्रयास गरे पनि सकिरहेकी छैन । बुढा पुरानाले भन्थे– ‘नानीदेखि लागेको बानी’ सच्याउन गाह्रो हुन्छ । मलाई अहिले त्यस्तै भइरहेको छ । आफू जस्तो छु, अरूलाई पनि त्यस्तै ठान्छु । तर, अरूको नरम बोली पत्याउँदा अहिलेसम्म धोका मात्रै हात लागेको छ ।

कमजोरी २

पहिला आफू सबै हिसाबले ‘स्ट्रोङ’ भएर मात्र आफ्ना सहकर्मी र अन्य नागरिकलाई सहयोग गर्नुपथ्र्यो । तर, मैले आफू ‘स्ट्रोङ’ नभई सहकर्मी र अन्य दुःख देखाउनेलाई पटक–पटक सहयोग गरेँ । विश्वास गरेँ । त्यसले मसँग सहयोग लिनेलाई ‘स्ट्रोङ’ बनायो, त्यसको ठीकविपरीत मलाई कमजोर बनाइदियो । तसर्थ, सबैलाई मेरो सुझाब छ कि पहिला आफू ‘स्ट्रोेङ’ हुनुस्, त्यसपछि मात्रै अरूलाई सहयोग गर्दा राम्रो ।

कमजोरी ३

गल्ती नगरी मान्छेले सिक्दैन । म पनि मान्छे हुँ, तसर्थ गल्ती गरेँ । तर, त्यस्तो अक्ष्यम्य गल्ती गरेको छैन । अहिलेसम्म कसैलाई नराम्रो गर्ने त परैको कुरा हो, नराम्रो होस् भनेर चिताएकी पनि छैन । राजनीतिका सुरुवाती चरणमा मलाई माया गर्नेभन्दा लखेट्ने धेरै थिए । लखेटेको देख्दा रिसले मुर्मुरिन्थेँ । तर, भेट्न आएर मीठो बोल्दा रिस बिर्सिहाल्थेँ । अनुहार हेरेपछि माया लागिहाल्थ्यो । जस्तो पिता (गिरिजाप्रसाद कोइराला)ले गर्नुहुन्थ्यो । सायद छोरी भएर होला, ममा पनि त्यो गुण भएको कांग्रेस नेता÷कार्यकर्तासमेत स्विकार्छन् ।

 

०४६ मा विराटनगरमा भएको आन्दोलनमा होमिएका वेला शेखरदालाई डाँकाहरूले समातेर जोगबनी नाकाबाट पारि लगेर थुने । उहाँको शरीरमा बलिरहेको सिगरेटको ठुटाले पोलेको डाम लामो समयसम्म निको भएन । त्यो मैले प्रत्यक्ष देखेकी छु ।

 

डा. शशांक कोइराला
राजनीतिज्ञमा हुनुपर्ने गुण छ

डा. शशांक कोइरालालाई बिपीका साथीले पढाएकाले सानोमा पढ्दा शेखर दाले जति दुःख पाउनुपरेन । तर, नेपालमा प्रजातन्त्र स्थापनार्थ आन्दोलनको सुरुवात गर्ने बिपी कोइरालाका छोरा भएकाले उहाँमा राजनीतिक चेतना र संघर्षको अनुभव छ । उहाँले बाल्यकालदेखि नै भारतमा पढ्नुभयो । २०४६ सालको आन्दोलनमा आफू डाक्टर भएकाले शशांक पनि डाक्टरहरूलाई जम्मा पारेर आन्दोलनमा पुग्नुभयो ।

आफ्नो ठाउँबाट प्रजातन्त्र प्राप्तिका लागि ‘सेक्रिफाइस’ गर्नुभयो । आफ्नो क्षेत्रबाट डाक्टरहरूलाई ‘स्ट्र«ाइक’ गराउने काम गर्नुभयो । उहाँमा पनि राजनीतिज्ञमा हुनुपर्ने योग्यता छ । त्यसैले त कार्यकर्ताले पार्टीको महामन्त्री पदमा निर्वाचित गरेर पु-याएका छन् ।

सबै गुणले सम्पन्न कोही हुँदैन । मानिस भएपछि एउटा न एउटा गल्ती, कमजोरी भइहाल्छ । राजनीति भनेको अनुभव बटुल्दै, सिक्दै, खारिँदै जाने क्षेत्र हो । दुवैजनाले अनुभवका आधारमा आफूलाई खार्दै लगेको मैले पाएकी छु । आफूमा भएका नराम्रा कुरालाई कम गर्दै राम्रा कुरालाई प्राथमिकता दिएर अघि बढिरहेको पाएकी छु ।

लिगेसीका लागि त्याग

नेपालमा प्रजातान्त्रिक आन्दोलनको सुरुवात गरेको कोइराला परिवारले हो । प्रजातन्त्रका लागि कांग्रेसले पहिलोपटक आवाज उठाउने काम ग-यो । कांग्रेस भनेकै कोइराला परिवार हो भनेर हामीले भन्नुपर्दैन, अरूले भनिदिन्छन् । पार्टीको १४औँ महाधिवेशनको चर्चा सुरु भएको छ । हामी तीन भाइ–बहिनी कोइराला परिवारबाट राजनीतिमा छौँ ।

म अहिले आफ्नो हेल्थ केयरमा छु । राजनीतिमा त्यति ध्यान दिन पाइरहेकी छैन । राजनीतिलाई अहिले ‘पार्टटाइम’ बनाइरहेको छु । महाधिवेशनमा शेखर दा र शशांक (भाइ) दुवैजनालाई मेरो ‘सर्पोट’ रहन्छ । मुलुकमा प्रजातन्त्र स्थापनार्थ गरेको ठूलो ‘सेक्रिफाइस’का कारण आमनागरिकलाई कोइराला परिवारप्रति भरोसा छ ।

 

गिरिजाबाबुले सधैँ ‘मैले सानो गल्ती गरेँ भने सान्दाजुलाई ब्लेम जान्छ’ भन्नुहुन्थ्यो । त्यो अहिले आएर मैले बुझ्न थालेकी छु । शेखरदा र शशांकले यो कुरा मनन गर्नुपर्छ । बिपीले देखाएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा उभिएर अगाडि बढ्नुपर्छ ।

 

प्रजातन्त्र जोगाइराख्न र मुलुकलाई समृद्ध बनाउने योजना ल्याउन कोइरालाहरूले सक्छन् भन्ने विश्वास जनतामा छ । त्यो विश्वास डगमगाउन दिनुहुँदैन । राजनीति गर्ने हो भने दुवैजनाले सच्चा मनले जनता, पार्टी र मुलुकका लागि सेक्रिफाइस गर्नुपर्छ ।

सानो गल्ती भयो भने पनि कोइराला परिवारको सारा पुस्तालाई अपजस आउँछ । अन्यलाई पार्टीप्रति रेस्पोन्सिबिलिटी नहोला, तर शेखर दा र शशांक ठूलो जिम्मेवारी लिँदै हुनुहुन्छ । आफ्ना पिता र हजुबुबाको सेक्रिफाइसलाई उहाँहरूले भुल्नुहुन्न ।

सानो गल्ती गरे, त्यो ब्लेम अघिल्लो पुस्ताले बेहोर्नुपर्नेछ । गिरिजाबाबुले यसबारे सधैँ चिन्ता लिनुहुन्थ्यो । उहाँले सधैँ ‘मैले सानो गल्ती गरेँ भने सान्दाजुलाई ब्लेम जान्छ’ भन्नुहुन्थ्यो । त्यो अहिले आएर मैले पनि बुझ्न थालेकी छु । शेखर दा र शशांकले यो कुरा मनन गर्नुपर्छ ।

बिपीले देखाएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा उभिएर अगाडि बढ्नुपर्छ । यो सिद्धान्तमा टेकेर अघि बढ्नुभयो भने लिगेसी लिनुहुन्छ, बढ्न सक्नुभएन भने कोइराला नभए पनि सिद्धान्त टेकेर जो अगाडि बढ्छ त्यसले पार्टीको नेतृत्व लिन्छ । नेतृत्वमा कोइराला नै हुनुपर्छ भन्ने पनि छैन । सिद्धान्त आत्मसात गर्नुप¥यो, मेरो सहयोग रहन्छ ।

डा. शेखर कोइराला
संघर्षले राजनीतिमा निखार

डा. शेखर कोइराला राजनीतिमा सानै उमेरदेखि त्याग र तपस्या गरेका व्यक्ति हुनुहुन्छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ शेखर ‘दा’का बुबा ‘कोशु बा’ (केशवप्रसाद कोइराला)ले जेल–नेल सहनुभएको छ । साँच्चै भन्दा अन्य दाजुभाइ प्रजातन्त्रका लागि लड्दा कोइराला परिवारको घर धानिदिने कोशु बुबा हुनुहन्थ्यो ।

शेखर दाले कष्टपूर्ण रूपमा बाल्यकालको शिक्षा लिएको मैले नजिकबाट देखेकी छु । फाटेको जुत्ता, च्यातिएको लुगा लगाएर मेडिकल पढ्नुभएको हो । एकपटक बिपी बुबाले शेखर दालाई देखाएर ‘हेर त नोना, शेखरले यस्तो लुगा लगाएको तिमीले हेर्नुपर्दैन’ भन्नुभएको थियो ।

त्यो अझै पनि मेरो मानसपटलमा घुमिरहन्छ । उहाँले आफ्नो बाल्यकाल विराटनगरस्थित कोइराला परिवारमा बिताउनुभयो । बुबाहरू प्रजातन्त्र स्थापनार्थ संघर्षरत रहेकाले क्रूर पञ्चायती व्यवस्थाले जेल हालेको वेलामा उहाँको बाल्यकाल बित्यो ।

संघर्ष कस्तो हुन्छ, राजनीति गर्न कस्तो त्याग, तपस्या र रणनीति आवश्यक पर्छ भन्ने उहाँले बाल्यकालबाटै अनुभव गर्दै आउनुभयो । त्यसैले उहाँ जति उमेरले परिपक्व बन्दै जानुभयो, राजनीतिमा पनि संघर्षका कारण परिपक्व बन्दै आउनुभयो ।

२०४६ सालमा विराटनगरमा भएको आन्दोलनमा होमिएका वेला शेखर दालाई डाँकाहरूले समातेर जोगबनी नाकाबाट पारि लगेर थुने । उहाँको शरीरमा बलिरहेको सिगरेटको ठुटाले पोलेको डाम लामो समयसम्म निको भएन । त्यो मैले प्रत्यक्ष देखेँ ।

आन्दोलनका क्रममा पञ्चायती व्यवस्थाले जेल हालेका वेला म जर्मनीबाट आएर उहाँलाई भेट्न गएँ । उहाँको शरीरमा सिगरेटले पोलेका डाम थिए । प्रहरीले राम्रोसँग उपचार गरिदिँदैन थियो । उहाँले आतंकित रूपमा पञ्चायत र गुन्डाहरूको यातना सहँदै राजनीतिक यात्रा सुरु गर्नुभएको हो ।

उच्च शिक्षा (डाक्टरी) त पछि भारतमा गएर पढ्नुभएको हो । शेखर दा विराटनगरमा बसेकाले पनि कोइराला परिवारले राजनीति कसरी गर्थे भन्ने बुझ्नुभएको छ ।

बिपी कोइराला, गिरिजाबाबु (कोइराला)ले गरेको राजनीतिलाई नजिकबाट अनुभव गर्न पाएकाले, त्यसैअनुरूप राजनीति गर्ने प्रयास गरिरहेको मैले देखेकी छु ।

तपाईको प्रतिक्रिया