विष्ट र अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार - Naya Patrika
eNaya Patrika
  • ePaper

विष्ट र अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

सरकारले प्रदान गर्दै आएको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट र पत्रकार डा. राजेश अहिराज पुरस्कृत हुने भएका छन् ।

सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले विष्ट र अहिराजलाई पुरस्कृत गर्ने घोषणा गरेका हुन् ।

यस वर्षको वरिष्ठ पत्रकार सम्मान बबिता बस्नेत, कौशल चेम्जोङ र मीनबहादुर बुढाथोकीलाई दिइने पनि सञ्चार राज्यमन्त्री बास्कोटाले बताए ।

पुरस्कृत तथा सम्मानित हुनेहरूको नाम घोषणाका क्रममा राज्यमन्त्री बास्कोटाले वर्तमान सरकार प्रेस स्वतन्त्रताको पक्षधर भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु