बरफ फुटाउने जागिर गर्थिन् प्रियंका - Naya Patrika
eNaya Patrika
  • ePaper

बरफ फुटाउने जागिर गर्थिन् प्रियंका

प्रियंका चोपडा बलिउडमा मात्र होइन, हलिउडमा पनि आफ्नो अभिनय कला देखाइरहेकी छिन् । आफ्नाबारेमा बन्ने गरेका ट्रोल तथा गसिपको वास्ता नगर्ने गरेकी प्रियंका मिस इन्डिया वल्र्डको ताज जितेपछि चर्चामा आएकी हुन् । यी पूर्वविश्व सुन्दरीले सन् २००२ मा बनेको तमिल फिल्म ‘थामिजान’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।

तर, उनको पहिलो जागिर के थियो, कमैलाई मात्र थाहा होला । प्रियंकाले हालै युएस म्यागेजिनलाई दिएको अन्तर्वार्तामा आफ्नो जीवनको पहिलो जागिरबारे खुलासा गरेकी छिन् । उनले आफूले पहिलोपटक बरफ फुटाउने काम गरेको बताएकी छिन् । मोडलिङमा आउनुअघि उनले एउटा कम्पनीमा बरफ फुटाएर टुक्राटुक्रा पार्ने काम गरेका बताएकी छिन् ।

अन्तर्वार्ताका क्रममा उनले फिल्म होस् या सिरियल, आफ्नो स्टन्ट आफैँले गर्ने गरेको पनि दाबी गरेकी छिन् ।

प्रियंका झन्डै १० वर्षपछि सलमान खानसँग ‘भारत’ नामक फिल्ममा अभिनय गर्दै छिन् । उनी र सलमानले सन् २००८ मा ‘गड तुस्सी ग्रेट हो’ फिल्ममा सँगै अभिनय गरेका थिए । पछिल्लो समय उनी अमेरिकी टिभी सिरिज ‘क्वान्टिको’मा व्यस्त छिन् ।

तपाईको प्रतिक्रिया