logo

bar

किसानको नाफा ६३ लाख

नयाँ पत्रिका काठमाडौं, २० वैशाख | बैशाख २०, २०७५

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले ६३ लाख खुद नाफा आर्जन गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० दशमलव ९५ प्रतिशत कम हो । सो अवधिमा कम्पनी खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपछि कम्पनीको खुद नाफा घट्न पुगेको हो ।

सो अवधिमा कम्पनीको चुक्ता पुँजी रू. ४ करोड र जगेडा कोष रू. ४ करोड ८ लाख रहेको छ । कम्पनीको निक्षेप सो अवधिमा ७४ दशमलव ७५ प्रतिशत बढेको छ भने कर्जा तथा सापटी ५४ दशमलव ९७ प्रतिशत बढेको छ ।

त्यसैगरी, कम्पनीको खुद ब्याज आम्दानी १६ दशमलव ९५ प्रतिशत र सञ्चालन मुनाफा ६१ दशमलव ४९ प्रतिशत घटेको छ ।

कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ४८ प्रतिशत र सिडी रेसियो ९० दशमलव शून्य ६ प्रतिशत रहेको छ । सो अवधिमा कम्पनीले रू. २१ लाख ३७ हजार खराब कर्जा संकलन गरेको छ ।

तपाईको प्रतिक्रिया