logo

bar

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

मनिष खड्का/नयाँ पत्रिका रुकुम(पश्चिम) १३, वैशाख  | बैशाख १३, २०७५

रुकुम(पश्चिम)को त्रिवेणि गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् । त्रिवेणि गाउँपालिका ६ को अदुवारीमा मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक त्रिवेणि ६ का ३२ वर्षीय कृष्णबहादुर घर्तीको मृत्यु भएको हो ।

त्रिवेणि गाउँपालिकाको झुल्नेटबाट मुरु तर्फ जाँदै गरेको रा ४ प ३२७९ नम्बरको मोटरसाईकल ओरोलोमा ढुंगामा उछिट्टिएर बुधबार बेलुकी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)ले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाईते भएका घर्तीको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा सल्यानको श्रीनगरमा मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाईकलको पछाडि बसेका गंगाराम बिक घाईते भएको प्रहरीले जनाएको छ । बिकको नेपालगञ्जमा उपचार भैरहेको छ । मोटरसाईकल पल्टिएर सडकभन्दा करिब ५० मिटर तल खसेको बताईएको छ ।

तपाईको प्रतिक्रिया