logo

bar

यस्तो छ भूकम्पमा क्षतिग्रस्त सम्पदाकाे अवस्था (फोटोफिचर)

नयाँ पत्रिका काठमाडौं, १२ वैशाख | बैशाख १२, २०७५

कति भयो क्षति ?
प्रलयकारी महाभूकम्पले काठमाडौं उपत्यकाभित्रका कुल ४ सय ६० सांस्कृतिक सम्पदामा क्षति पुर्‍यायो । यसमध्ये विश्व सम्पदा सूचीमा समावेश १ सय ४० सम्पदा क्षतिग्रस्त बने । सबैभन्दा धेरै क्षति काठमाडौंस्थित हुनमानढोका दरबार क्षेत्रमा पर्‍यो । जहाँ, झन्डै ९० प्रतिशत सम्पदा ध्वस्त भए ।

२२ प्रतिशत पुनर्निर्माण
क्षतिग्रस्त संरचनाहरूको निर्माण कार्य जुन रूपमा हुनुपर्ने हो, त्यस गतिमा हुन सकेको छैन । गत पुस महिनासम्म विश्व सम्पदा सूचीमा समावेश सम्पदामध्ये काठमाडौं उपत्यकाभित्रका २२ प्रतिशत सम्पदाको मात्रै पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । निर्माण सम्पन्न भएका ३१ सम्पदामध्ये भक्तपुर दरबार क्षेत्रका ६, चाँगुनारायण २, हनुमानढोका दरबार क्षेत्रका ११, स्वयम्भू ६, पाटन ४, बौद्धनाथ १ र पशुपतिनाथ १ छन् ।

‘तीन वर्षभित्रै पुनर्निर्माण’
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, सम्बन्धित स्थानीय तह, विभिन्न संघसंस्था तथा विदेशी दातृ निकायसमेतको सहकार्यमा विश्व सम्पदा सूचीमा समावेश सम्पदाहरूको पुनर्निर्माण भइरहेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल बताए । ‘अबको ३ वर्षभित्र सबै सम्पदा तयार भइसक्नेछन्,’ उनले भने ।

तस्बिर: विनोद विष्ट/नयाँ पत्रिका

वसन्तपुर दरबार : भूकम्पले सबैभन्दा धेरै क्षति हनुमानढोका दरबार क्षेत्रमा पु¥याएको थियो । यहाँ धमाधम पुनर्निर्माण भइरहेको छ ।

बौद्धनाथ स्तूपा : २०७३ कात्तिकमा पुनर्निर्माण सम्पन्न भएको यस स्तूपा सोही वर्षको मंसिरदेखि सर्वसाधारणका लागि खुला छ ।

भक्तपुर दरबार : भक्तपुर दरबार क्षेत्रका सबै सम्पदाको पुनर्निर्माण सम्पन्न हुन अझै केही समय लाग्ने देखिन्छ।

चाँगुनारायण: चाँगुनारायणका २ वटा सम्पदाको पुनर्निर्माण भइसकेको छ । निर्माण कार्य अझै जारी छ ।

पाटन दरबार: पाटन दरबार क्षेत्र पनि पुनर्निर्माणकै क्रममा छ ।

तपाईको प्रतिक्रिया