logo

bar

दुई विद्यार्थीमाथी छुरा प्रहार

नयाँ पत्रिका धरान, ११ बैशाख | बैशाख ११, २०७५

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा अध्ययनरत दुई विद्यार्थीमाथी छुरा प्रहार भएको छ ।
धरान-१५ विशाल चोक नजिकै साथीको घरबाट नोट कापी लिएर आउने क्रममा सोमबार साँझ बाग्लुङका सुजन खड्का र काभ्रेका प्रदीप सापकोटामाथि छुरा प्रहार भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।


छुरा प्रहारबाट दुवैको छातीमा चोट लागेको छ । सुजनको भने हातमा समेत चोट लागेको छ । घाइते विद्यार्थीहरुको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घाइते खड्काको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
आक्रमण गर्ने धरान–१५ बस्ने विज्ञान लिम्बुलाई सोमबार राती नै प्रहरीले पक्राउ गरेको थियो । मंगलबार विहान कुम्बे राई र लिम्बे भनिने विकेन लिम्बूलाई पक्राउ गरेको छ ।
ढुङगा प्रहार गर्न खाेज्दा फायरीङ
धरान-१५ स्थित महादेव चोक भन्दा तलबाट प्रहरीले राईलाई पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा प्रहरी माथि नै राईले अन्धाधुन्दा ढुंगा प्रहार गरेपछि इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एक राउण्ड फायरीङ समेत गर्नुपरेको इलाका प्रहरी कार्यालयका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । प्रहरीले फाइरिङ गरे पनि राईलाई लागेको थिएन । प्रहरीले फाईरिङ गरे पछि उनी अत्तालिएका थिए ।

तपाईको प्रतिक्रिया