logo

bar

१५ अंकले घट्यो नेप्से, कारोबारमा भारी गिरावट

नयाँ पत्रिका काठमाडौं, ११ बैशाख | बैशाख ११, २०७५

साताको तेस्रो दिन मंगलबार पनि दोहोरो अंकले नेप्से परिसुचक घटेको छ । सोेमबार देखि ओरालो लागेको नेप्से मंगलबार १५ दशमलव ९९ अंकले घटेर १३९४.८६ पुगेको छ ।
सेञ्चुरी कमर्सियल बैंकले भने एकाएक बढी कारोबार गरेको छ । बैंकले २७ करोड ६३ लाख ७६ हजार ८८ को कारोबार गरेको हो । नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ६३ लाख र नेपाल बैंकले २ करोड ४३ लाख बढीको कारोबार गरेका छन् ।

कारोबारमा भारी गिरावट
कारोबारमा समेत भारी गिरावट आएको छ । केही दिन यता अर्ब बढी कारोबार भइरहेकोमा मंगलबार भने करिब ७३ करोडको कारोबार भएको छ । कुल १ सय ७० कम्पनीमा १७ लाख १९ हजार ८ सय कित्ता शेयर ७ हजार ८ सय २५ पटक खरिदबिक्रि हुँदा ७३ करोड ९२ लाख २२ हजार ५९ को कारोबार भएको छ ।
सोमबार २७ दशमलव ६४ अंकले नेप्से घटेपनि कारोबार भने उल्लेख्य रुपमा बढेको थियो ।

 

व्यापार बाहेक सबैमा घट्यो नेप्से
ब्यापार बाहेक सबै क्षेत्रको सूचक भने घटेको छ । ब्यापारमा २ दशमलव ८७ अंकले बढेको छ भने बाँकी सबै क्षेत्रमा भने गिरावट आएको छ । बैंकिंग समूह १५ दशमलाव ८५, विकास बैंक २७ दशमलव ७९, माइक्रोफाइनान्स समूह १० दशमलव ५१ र बिमा समूह ७६ अंकले घटेका छन् ।
त्यसै गरी होटल समूह ११ दशमलव ८३ अंक, जलविद्युत समूह १३ दशमलव १, बित्त समूह ९ दशमलव ९२, उत्पादनमूलक ९ दशमलव ९१ र अन्य समूह ६ दशमलव ८३ अंकले घटेका छन् ।

तपाईको प्रतिक्रिया