logo

bar

कांग्रेस ‘रिफर्म’ का लागि युवा नेताहरुको पहल, ५१ पृष्ठ लामाे लिखित प्रस्ताव पेश

रमेश सापकोटा काठमाडौं, ११ वैशाख | बैशाख ११, २०७५

एक महिनादेखि जारी कांग्रेसको समीक्षा बैठकमा युवा नेताहरुले लिखित प्रस्ताव पेश गरेका छन् । मंगलबारको बैठकमा केन्द्रीय सदस्य गगन थापाले पेश गरेको झण्डै २५ खण्ड र ५१ पृष्ठमा तयार पारिएकाे प्रस्तावमा निर्वाचनको परिणामको समीक्षासँगै छायाँ सरकारलाई सक्रिय बनाउँने, सिद्धान्तको पुनःव्याख्या गर्ने, पार्टीलाई चुस्तदुरुस्त बनाउँने, आवश्यक सुधार गर्नेसहितका विषय उल्लेख छन् ।

 

यस्तै  नियमित प्रक्रियाबाट छिटोमा दुई वर्षमा मात्र महाधिवेशन हुन सक्ने र यसले पार्टीलाई थप क्षति हुने महासमिति बैठकबाटै संशोधित विधान परित गरी शीघ्र महाधिवेशनमा जानुपर्ने, २०४८ सालपछि कांग्रेसले सत्तामा गएदेखि अहिलेसम्मका कमीकमजोरी सुधार्नुपर्ने माग गरिएकाे छ ।

प्रस्तावमा महासमितिबाट अर्लि महाधिवेशन 

युवा नेताहरुको प्रस्तावमा छिटो महासमितिको बैठक बोलाउँने र अर्लि महाधिवेशन गर्नुपर्ने विषय पनि उठेको छ । नेतृत्वले कार्यकाल सकिनुभन्दा अगाडि नै महाधिवेशन गर्नुपर्ने विषय उनीहरुले प्रस्तावमा उल्लेख गरेका छन् । समय थपेर पद बढाउनेभन्दा संगठनको हितको लागि चार वर्ष नसकिंदै महाधिवेशन गर्नुपर्ने विषय उनीहरुको प्रस्तावमा छ ।

साथै विधान विपरीत गठन गरिरएका संसदीय बोर्ड र कार्यसम्पादन समितिको खारेजीको विषय पनि उनीहरुले उठाएका छन् । अहिलेसम्म भएका कमजोरीप्रति आत्माआलोचना गर्दै अघि बढ्नुपर्ने उनीहरुको प्रस्ताव छ । युवा नेताहरुको हैसियतामा आफूहरुले नेतृत्वलाई हस्तक्षेप गर्न नसक्नु कमजोरी रहेको उनीहरुले उल्लेख गरेका छन् ।

प्रस्तावकाे पूर्णपाठ

NC_CWC_075-1_11_Final_ALL

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु