खानेपानी मन्त्री बिना बनिन् तीन विद्यार्थीको अभिभावक - Naya Patrika
eNaya Patrika
  • ePaper

खानेपानी मन्त्री बिना बनिन् तीन विद्यार्थीको अभिभावक

खानेपानी मन्त्री बिना मगर कञ्चनपुरका तीन बालबालिकाको अभिभावक बनेकी छिन् । विद्यार्थी भर्ना राष्ट्रिय अभियान अन्तर्गत कञ्चनपुरको दक्षिणी क्षेत्रका ३ छात्रको अभिभावक बनेकी हुन् ।


सरकारले देशैभरि सञ्चालन गरेको राष्ट्रिय अभियानमा सहभागिता जनाउन कञ्चनपुर पुग्दै मन्त्री मगरले बेलौरी नगरपालिका र बेल्डाडी गाउँपालिकाका ३ विद्यार्थीलाई भर्ना गराईन । मन्त्री मगरले बेलौरी नगरपालिका–१० शिवनगरस्थित शिद्धेश्वर माविमा सन्दिप चौधरीलाई ७ कक्षामा, बेलौरीकै पुष्पलाल जनजागृति माविमा आदित्य चौधरीलाई ५ कक्षामा र बेल्डाडी गाउँपालिकाको शिद्धनाथ माविमा प्रकाश गिरीलाई १ कक्षामा भर्ना गराएकी हुन् ।
शिवनगरको शिद्धेश्वर माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले अभिभावकत्व ग्रहण गर्ने अभियान सन्देशात्मक भएको बताईन् । भर्ना अभियानलाई सफल बनाउन सबैले बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुपर्ने उनको भनाइ रहेको छ ।
गरीब र सबै वर्गका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन सरकारले अभियान थालेको उनले बताए । समृद्ध नेपाल निर्माणको अभियानलाई सार्थक बनाउन विद्यार्थी भर्ना अनिवार्य भएको बताउदै मन्त्री बिनाले शिक्षालाई रोजगारमुलक बनाएर समृद्धि ल्याउन सकिने बताए । विद्यार्थी भर्ना अभियान सरकारको मात्र नभई सबै जनताको भएको उनको भनाई छ ।
मन्त्रीको हातबाटै विद्यालयमा भर्ना हुनपाएपछि दक्षिणी क्षेत्रका बालबालिका र अभिभावक हर्षित छन् । पहिलो पटक निर्वाचित सांसद एवं मन्त्रीले आफ्नो बालबालिका गाँउमै आएर विद्यार्थी भर्ना गरेको भन्दै दक्षिणी क्षेत्रका जनता मन्त्रिप्रति आभार भएका छन् ।

तपाईको प्रतिक्रिया