logo

bar

प्रादेशिक व्यापार महोत्सव अवधिभर फ्रि वाईफाई

मानदत्त रावल जुम्ला, १० बैशाख | बैशाख १०, २०७५

कर्णालीमा नै पहिलो पटक आयोजित प्रादेशिक औद्योगिक व्यापार महोत्सव अवधिभर फ्रि वाईफाईको व्यवस्था गरिएको छ । महोत्सवमा हुने विभिन्न गतिविधिहरुलाई सामाजिक संजालहरुबाट देश विदेशमा प्रचारप्रसार गर्न तथा फोटो, भिडियो अपडेट गर्न सहजताका लागि फ्रि वाईफाईको व्यवस्था गरिएको हो ।


महोत्सव मुल आयोजक र सिम्पल ईन्टेलिजेन्ट सिस्टम एण्ड टेक्नोलोजी प्राईभेट लिमिटेट संगको समन्वयमा महोत्सव अवधिभर सिम्पलको फ्रि वाईफाई सेवा संचालन गरिने उद्योग बाणिज्य संघका अध्यक्ष रामदत्त रावलले बताए ।
जिल्ला भरी संचालन अवस्थामा रहेको सिम्पलको ईन्टरनेटले महोत्सवका गतिविधि देश विदेशमा पुर्याउन निशुल्क ईन्टरनेट चलाउने व्यवस्था गरेको शाहीको भनाई छ ।

तयारी अन्तिम चरणमा
बैशाख १३ गते देखि शुरु हुन लागिरहेको कर्णालीकै पहिलो प्रादेशिक औद्योगिक व्यापार महोत्सवको तयारी लगभग अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य संघ जुम्लाका कार्यालय प्रमुख पारस उपाध्यायले बताए ।
उनले भने, स्टेज व्यवस्थापन, महोत्सव स्थल घेराबार, फिल्ड सरसफाई तथा निमन्त्रणा बाँडफाट लगायतका कामहरु अन्तिम चरणमा पुगेको छ ।
महोत्सवमा झण्डै सय बढि स्टलहरु राखिने छन् । महोत्सवलाई शान्त तथा सौहार्द रुपमा सम्पन्न गर्नका लागि प्रहरी प्रशासन देखि विभिन्न उद्योगी, व्यापारी, लगायत अन्य सरोकारवालाहरु संग छलफल तथा परामर्श कार्यलाई पनि निकै तिब्र पारिएको अध्यक्ष रावलको भनाई छ ।

पहिलो दिन निःशुल्क प्रवेश
बैशाख १३ गते मुख्य मन्त्री महेन्द्रबहादुर शाहीद्धारा उद्घाटन हुने महोत्सवको पहिलो दिन प्रवेश निःशुल्क हुने छ । उद्घाटनका दिन हुने विभिन्न प्रस्तुतिहरु सबैले निःशुल्क हेर्ने पाउने जनाइएको छ । महोत्सवमा नेपालका ख्याती प्राप्त आधुनिक लोक गायक तथा हाँस्य कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
स्थानीय कलाकारहरुको एकल गायन तथा देउडा नृत्य पनि प्रस्तुत गरिनेछ । देउडा तथा नृत्यमा प्रथम द्धितिय तथा तृतिय हुनेलाई क्रमशः २५, १५ र १० हजार नगद पुरस्कार दिईने आयोजकले जनाएको छ ।
झण्डै १० दिन सम्म चल्ने औद्योगिक मेलाको १ करोड बराबरको खर्च लाग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया