logo

bar

एसिड पीडित महिलालाई भेटे गृहमन्त्री बादलले

दिपेन्द्र अधिकारी चितवन | बैशाख १०, २०७५

गृहमन्त्री रामबहादुर थापा बादलले एसिड प्रहारबाट घाइते भएकी महिलालाई भेटेका छन् । सोमबार उनी उपचाररत भरतपुर अस्पतालमा पुगी भेटेका हुन् । आइतबार दिउँसो ४ बजे जिल्ला ट्राफिक कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले आफ्नो प्रेम अस्विकार गरेका कारण गोरखा घर भइ हाल भतरपुर ४ बस्ने २८ वर्षीया कल्पना श्रेष्ठमाथि एसिड प्रहार गरेका थिए । घाइते भेटेपछि गृहमन्त्री बादलले दोषी प्रहरीलाई कडा कारबाही गरिने आश्वासन दिए ।

पीडित महिला कल्पनाले आफुलाई मार्ने उद्देश्यले एसिड प्रहार गरेको भन्दै कडा कारबाही गर्न गृहमन्त्री बादलसमक्ष आग्रह गरेकी थिइन् । उनको गुनासो सुनेपछि गृहमन्त्री बादलले प्रहरीबाट नै भएका यस्ता असभ्य तथा घृणित कार्यले गृहमन्त्रालय स्तब्ध बताए ।

पीडितका श्रीमान तारा दल गण बारामा कार्यरत नेपाली सेनाका जवान किसान श्रेष्ठले सोमाबार चितवन पहरीमा जाहेरी दिएका छन् । पीडित महिला कल्पना श्रेष्ठले ‘इट्टाले सुरुमा हानेर मार्छु भन्दै धम्क्याएर एसिड प्रहार गरेको’ बताइन् । भरतपुरस्थित बुद्ध चोकमै सामान्य भनाभन भएपछि खनियाँले त्रिचोकमा पुगी श्रेष्ठमाथि एसिड प्रहार गरेका थिए ।

खनियाँ निलम्बित

घटनामा संलग्न प्रहरी रामचन्द खनियाँलाई चितवन प्रहरी निलम्बन गरी कारबाही गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी नायब निरीक्षक दीपक थापाले जानकारी दिए । खनियाँलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा चलाई सोमबार चितवन अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु