logo

bar

साझा योजना बनाउदै स्थानीय सरकार

उत्तम पोख्रेल बेलबारी, १० बैशाख | बैशाख १०, २०७५

उत्तरी मोरङका स्थानीय तहले साझा सरोकार तथा साझेदारीताका विषयमा साझा मुद्दा बनाउन थालेका छन् । सुन्दरहरैचामा १३ वटा स्थानियतहका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतकले १३ वटा साझा मुद्धा बनाउने निर्णय गरेका हुन् ।


खोलाका तटबन्धदेखी शैक्षिक क्षेत्रलाई समेत एउटै मुद्दा बनाउने छलफल भएको छ । सुन्दरहरैँचा, बेलबारी, पथरी, उर्लाबारी, रतुवामाई नगरपालिका र केराबारी, मिक्लाजुंङ, कानेपोखरी, ग्रामथान गाउपालीकाका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुले शैक्षिक कार्यविधि दैविक प्रकोप, सामाजीक तथा आर्थिक गतिविधिलाई साझा बनाएर जाने गरी छलफल गरेका छन् ।
दुई वा सो भन्दा बढि पालिकामा पर्ने सडकको एकरुपता कायम गरी ठेक्का बन्दावस्त तथा सडक मर्मत सम्भार गरी रकम वाँडफाड गर्ने लगायतका बिषयमा छलफल गरेको बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।
प्राकृतिक श्रोत साधन खोलाका नालाहरुको व्यवस्थापनका लागि पहिचान गरिएका नाकाहरुको अतिरिक्त नयाँ पहिचान भएका नाकाहरुलाई समेत समेटेर आगामी आर्थिक वर्षको ठेक्का बन्दोवस्ती मिलाउने मेयर सुवेदीले बताए । निर्माण सामाग्री तथा खाद्य परिक्षण प्रयोगशाला निर्माण गर्ने गरी योजना ल्याएको सुन्दरहरैचाका मेयर शिव प्रसाद ढकालले बताए । उनका अनुसार विपद व्यवस्थापनका लागि सुन्दर हरैचामा रहेको बरुणयन्त्र प्रयोग गर्ने समेत सहमती भएको छ ।

तपाईको प्रतिक्रिया