logo

bar

५० हजार घुस सहित बैंकका सहायक प्रवन्धक पक्राउ

रंजन भण्डारी महोत्तरी, १० वैशाख | बैशाख १०, २०७५

राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका सहायक प्रवन्धक ५० हजार घुस सहित सोमबार पक्राउ परेका छन । प्रबन्धक जगदिश प्रसाद काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासको टोलीले स-प्रमाण समातेको हो ।


काफ्लेले सोहि नगरपालिका वडा नं. ९ स्थित रन्जना गाई फर्मलाई स्वीकृत गरेको कृषी ऋण १० लाख दिलाईदिन ५० हजार घुस मांगेका थिए । अख्तियारको टोलीले उनलाई नियन्त्रणमा राखेको छ ।

तपाईको प्रतिक्रिया