logo

bar

प्रहरी चौकीलाई मोटरसाइकल

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापा, ९ वैशाख | बैशाख ०९, २०७५

हल्दिबारी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सबै प्रहरी चौकीलाई मोटरसाइकल प्रदान गरेको छ । गोलधाप, जलथल र हलदिबारीका तीन प्रहरी चौकीलाई एक÷एक थान मोटरसाइकल प्रदान गरेको हो । शान्ति, सुरक्षा चुस्त दुरुस्त होस् भन्ने उद्देश्यले मोटरसाइकल दिइएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले बताए ।


२ लाख ३० हजार ५ सय रुपैयाँ प्रतिगोटाका दरले मोटरसाइकल खरिद गरेर प्रहरी चौकीलाई हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए । कार्यक्रमका प्रमुख अतिथि सांसद राजेन्द्र लिङ्देनले झापाका प्रहरी प्रमुख एसपी विष्णु केसीलाई ती मोटरसाइकलका चाबी हस्तान्तरण गरे । एसपी केसीले तीनवटै प्रहरी चौकीका प्रमुखलाई चाबी जिम्मा लगाएका थिए ।
मोटरसाइकल पाएपछि प्रहरी समयमै घटनास्थल पुग्ने सांसद लिङ्देनले विश्वास व्यक्त गरे । मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बोल्दै झापाका प्रहरी प्रमुख एसपी केसीले स्थानीय सरकारले आफ्नो क्षेत्रको शान्ति सुरक्षामा चनाखो हुँदै प्रहरीलाई ठूलो गुन लगाएको बताए । शान्ति सुरक्षा प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने बताएका एसपी केसीले स्थानीय सरकारसँग हातेमालो गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु