logo

bar

मोवाइल एप्स मार्फत नगर प्रोफाइल बन्दै

उत्तम पोख्रेल बेलबारी, ९ बैशाख | बैशाख ०९, २०७५

मोरङको बेलबारी नगरपालिकाले मोवाईल एप्स मार्फत नगर प्रोफाईल तयार गर्ने भएको छ । कमिटेड नेपालको प्राविधिक तथा आर्थिक सहयोग तथा नगरपालिकाको सहकार्यमा एप्समार्फत प्रोफाईल तयार गर्ने भएको छ ।


प्रोफाईल तयार गर्न गणकहरुलाई कमिटेड नेपालले तालिम दिइसकेको छ । मोवाईल एप्सबाट नगरपालिकाले। घरधुरी तथ्यांक संकलन, व्यवसायिक तथ्यांक संकलन, सि.एस ईन्ट्री नामक एप्स मार्फत तथ्यांक संकलन गर्ने कमिटेड नेपालका सहजकर्ता तथा सामाजीक परिचालक निकेश प्रसाईले बताए ।
नगरप्रोफाईल निर्माण पछि नगरका आर्थिक सामाजीक व्यवसायिक गतिविधि सञ्चालन गर्न सहज हुने बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।
६० युवाहरुलाई नगरपालिकाले तालिम दिएर तथ्यांक संकलनका लागि गणकहरु तयार गरिसकेको छ । असार मसान्त भित्रमा नगरपालीकाको आर्थिक, सामाजीक, धार्मीक, व्यसायिक, संस्थागत तथा उद्योग धन्दाको समेत गतिविधि समेटिएको तथ्यांक संकलन गरी सक्ने कमीटेड नेपालका नगर संयोजक खगिन ओझाले बताए । यो तथ्यांकलाई स्थानिय सरकारले गणनाको रुपमा लिने गरपालिकाको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया