logo

bar

विश्वकै जेष्ठ नागरिक ताजिमाको निधन

रासस / एएफपी टोकियो, ९  वैशाख | बैशाख ०९, २०७५

विश्वकै सबभन्दा जेष्ठ नागरिककाे ११७ बर्षको उमेरमा निधन भएको छ । एएफपी जनाए अनुसार, जापानी महिला नाबी ताजिमाको शनिबार बेलुका झण्डै ८ बजेतिर निधन भएकाे थियाे ।

 उनको जन्म सन् १९०० को अगस्ट ४ का दिनमा भएको थियो । किकाइ द्विपको कागोसिमा क्षेत्रमा पर्ने अस्पतालमा उनको निधन भएको सरकारी स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

सन् २०१५ को सेप्टेम्बर महिनामा ताजिमा जापानको सवै भन्दा जेष्ठ नागरिक बनेकी थिइन । ‘गिनिस बुक अफ बल्ड रिकर्ड’का अनुसार यसअघि विश्वको नै जेष्ठ नागरिक जमाइकाका भोइलेन्ट ब्राउन सन् २०१७ को सेप्टेम्बरमा निधन भएपछि विश्वको सवै भन्दा जेष्ठ नागरिकको खोजी भएको र ताजिमा विश्वको सबै भन्दा जेष्ठ नागरिक बनेकी थिइन ।

ताजिमाको निधनपछि विश्वकै अर्का जेष्ठ सदस्य पनि जापानकै नागरिक भएको छन् । झण्डै ११२ बर्षका मसाजो नोनाका अहिले जिवित नागरिक मध्ये सवै भन्दा जेष्ठ नागरिक हुन्। सरकारी स्रोतका अनुसार, जापानमा धेरै नागरिकहरु लामो उमेर बाच्ने गर्दछन् । झण्डै ६८ हजार जापानी नागरिक  एक सय बर्ष भन्दा बढी उमेरका  छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु