logo

bar

‘लेनिन जयन्ती’ मा छुट्यो लेनिनकै फोटो, कार्यक्रमस्थलमा नाराबाजी

सन्ताेष भट्टरार्इ काठमाडौं, ९ वैशाख | बैशाख ०९, २०७५

पार्टी एकताको अन्तिम कसरतमा रहेका एमाले र माओवादीले कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आज आयोजना गरेको संयुक्त कार्यक्रम सुरु नहुँदै विवाद उत्पन्न भएको छ ।

राष्ट्रिय सभागृहमा दुई पार्टीले पहिलोपटक स्थापना दिवस संयुक्त रूपमा मनाउन लागेका हुन् । तर, कार्यक्रममा दुई अध्यक्ष (प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली तथा पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड )को उपस्थिती नहुँदै कार्यक्रमस्थल तनावपूर्ण बनेको छ ।

कार्यक्रमका लागि तयार पारिएको ब्यानरमा मार्क्स र लेलिनको तस्बिर नराखेको र ब्यानरमा माके लेखेर माओवादी केन्द्रलाई गाली गर्ने जस्तो शब्द राखेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताहरुले नाराबाजी गरेका छन्। उनीहरूले विलय हैन, पार्टी एकता चाहन्छौँ भन्दै नारा लगार्इरहेका छन् ।

ऊर्जामन्त्री वर्षमान पुनले माग पूरा गर्ने भन्दै हल्ला नगर्न आग्रह गरिरहेका छन् भने ब्यानर पनि हटाइएको छ । विवाद चर्किँदै गएपछि कार्यक्रमस्थलमा प्रहरी परिचालन गरिएको छ ।

तस्बिर: सतिश पोखरेल/नयाँ पत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु