माओवादी बैठककाे निष्कर्ष : 'एकताबारे ठ्याक्कै मिति तोक्न सकिन्न' - Naya Patrika
eNaya Patrika
  • ePaper

माओवादी बैठककाे निष्कर्ष : ‘एकताबारे ठ्याक्कै मिति तोक्न सकिन्न’

माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको माओवादी केन्द्रीय कार्यालयको बिस्तारित बैठक सकिएको छ । पार्टी एकताको सम्बन्धमा विकिसित छलफलबारे अध्यक्ष प्रचण्डले बैठकमा ब्रिफ्रिङ गरेका थिए ।

उनले सैद्धान्तिक, राजनीतिक र सांगठनिक विषयमा सहमति र समझदारी कायम गर्ने कुरामा सकारात्मक ढंगले छलफल अगाडि बढेको बिफ्रिङ गरेका थिए ।

पार्टी एकता बारे सहमति र समझदारी कायम गर्ने कुरा सकारात्मक ढंगले अघि बढेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । आजको बैठकले पार्टी एकताका लागि अग्रिम मिति तोक्नु उपयुक्त नहुने निष्कर्ष निकालेको बताउँदै प्रवक्ता भुसालले भनिन् -‘एकता बारे ठ्याक्कै तिथि तोक्न सकिन्न । अलिकति टाइम लेला, तर एकता अनिवार्य छ ।’

तपाईको प्रतिक्रिया