logo

bar

UPDATE : १४ घण्टापछि खुल्यो विमानस्थल

अच्युत पुरी/नयाँ पत्रिका काठमाडौं, ७ वैशाख | बैशाख ०७, २०७५

विहीबार रातीदेखि अवरुद्ध भएको त्रिभुवन अन्तर्राट्रिय विमानस्थल सुचारु भएको छ । नेपाल वायु सेवा निगमका तीन, हिमालयका तीन र ओमान एयरको एउटा जहाज उडानको तयारीमा छन् ।

काठमाडौंबाट बिहीबार राति १० : १० बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न खोजेको मालिन्दो जहाजलाई भासिएको ठाउँबाट धावनमार्गमा निकालिएपछि अन्तराष्ट्रिय तथा आन्तरिक उडान सुचारु भएको हो ।

 

मालिन्दो एयर, बि. ७३७ ९९००  सिरिज, उडान नम्बर ओडि १८१, रजिस्ट्रेसन नम्बर ९ यम। यलयनजे‌० को ककपिटको स्कृनमा समस्या देखिएपछि पाइलटले उड्नका लागि धावन मार्गमा गुडिसकेको जहाज आकस्मिक रुपमा रोक्ने प्रयास गर्दा जहाज रन वेबाट चिप्लिएर ४० मिटर अगाडि गएर धस्सिएकाे थियाे ।

 

तपाईको प्रतिक्रिया