logo

bar

तिनाउमा डुबेर एकको मृत्यु

पाल्पा , ३ बैशाख | बैशाख ०३, २०७५

तिनाउ खोलामा पौडी खेल्ने क्रममा एक युवाको डुबेर मृत्यु भएको छ । सोमबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर सन्धिखर्क नगरपालिका–१, पटुवाथुम अर्घाखाँचीका सुशील श्रेष्ठको मृत्यु भएको हो ।


तिनाउँ गाउँपालिका–३, हेडबक्स नजिकै रहेको तिनाउँ हाईड्रोपावरको ड्याममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी विनोद घिमिरेले बताए । बुटवल बस्दै आएका १८ वर्षिय श्रेष्ठ साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेका थिए ।

तपाईको प्रतिक्रिया