logo

bar

७ नम्बर प्रदेशमा टेलिफोन सेवा अवरुद्ध

कर्ण चन्द बैशाख ३, धनगढी | बैशाख ०३, २०७५

नेपाल टेलिकमको टेलिफोन सेवा ७ नम्बर प्रदेशमा अवरुद्ध भएको छ । बाँकेको कोहलपुर बाट ४ किलोमिटिर पश्चिममा अपटिक्ल फाइबर काटिएपछी सेवा अबरुद्ध भएको नेपाल टेलिकम क्षेत्रिय कार्यालयले जानकारी दिएको छ ।


अप्टीकलमा समस्या आउँदा आज दिउसोबाट टेलिकमका सबै सेवा अबरुद्ध भएको नेपाल टेलिकम क्षेत्रिय कार्यालयका बरिष्ठ लेखा अधिकृत नेत्र बुझेलले जानकारी दिए ।
अप्टिकल फाइबर काटिए पछि टेलिकमका प्रीपेड मोबाइल ,पोष्टपेड मोबाइल ,एडिएसेल नेट सेवा र एसटीडी सेवा पूर्ण रुपमा अवरुद्ध भएका छन् । लोकल टेलिफोन सेवा भने सुचारु नै रहेको छ । बिशेषत मोबाइल सेवा अवरुद्ध हुँदा उपभोक्ताले हैरानी खेप्नु परेको छ ।
सेवा सुचारु गर्न कोहलपुरबाट प्राविधिक टोली खटिसकेको भएपनी सेवा कतिबेला सुचारु हुन्छ भन्ने यकिन नभएको टेलिकम क्षेत्रिय कार्यलयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु