logo

bar

सनराइज बैंकको क्यालेण्डर विमोचन

नयाँ पत्रिका काठमाडौं, ०३ वैशाख | बैशाख ०३, २०७५

सनराइज बैंक लिमिटेडले २०७५ सालको क्यालेन्डर विमोचन गरेको छ । बैंकको केन्द«ीय कार्यालय, गैरिधारामा एक कार्यक्रमका बिच सोमबार क्यालेण्डर विमोचन गरिएको हो ।
उक्त विमोचन समारोहमा बैंकका अध्यक्ष मोती लाल दुगड, संचालकहरू बच्छराज तातेड, दीपक नेपाल,  ज्योती कुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्यले बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप नगद तथा खाद्य सामाग्रीहरु समेत प्रदान गरेका छन् ।


बैंकको भरतपुर र झुम्का शाखा कार्यालयहरुको शाखा प्रमुखले उपत्यका बाहिरका चित्रकार बालबालिकाहरुलाई नगद तथा खाद्य सामाग्रीहरु प्रदान गरेका छन् । बैंकको क्यालेन्डरमा उनीहरुको प्रकाशित रचनाको लागि प्रोत्साहन स्वरुप खाद्य तथा नगद प्रदान गरिएको बैंकले जनाएको छ । बैंकले यस्तो फरक सोच तथा कार्यले स–साना बालबालिकालाई थप प्रोत्साहित तथा प्ररेणा मिल्ने बालबालिका तथा उनीहरुका अविभावकहरूले बताएका छन् ।
बालबालिकाको चित्र समावेश
बैंकले विभिन्न पत्रपत्रिकामा प्रकाशित बिभिन्न बिद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका बालबालिकाहरुका चित्रहरूलाई आफ्नो क्यालेन्डरमा समावेश गर्दै आएको छ । आफ्ना दिमागमा रहेका सोच, जिज्ञासा तथा रचनाहरुलाई चित्रकारीताको माध्यमबाट प्रस्तुत गर्ने बालबालिकाकोे प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले क्यालेण्डरमा समावेश गरेको बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु