logo

bar

ग्रामिण पर्यटनका ‘क्रस बोर्डर’ अभियन्ता

गणेश लम्साल । नयाँ पत्रिका बिराटनगरऽ ३ वैशाख | बैशाख ०३, २०७५

ग्रामिण पर्यटनमा सिमाना बाधक बन्नुहुँदैन भन्दै नेपाल र भारतका दुई पर्यटन अभियन्ताहरु सञ्जाल बिस्तारमा सक्रिय छन् ।
भारतको पश्चिम बङगालस्थित सिलिगुडी बस्ने डा.राज बसु र झापाको मेचीनगर–४ बाहुनडाँगीका अर्जुन कार्की पूर्वी नेपाल र पूर्वोत्तर भारतको ग्रामिण पर्यटनको विकासमा एक भएर सञ्जाल बिस्तारमा सक्रिय भएका हुन् ।

संस्था मार्फत वकालत
राज बसुले वतावरणमा बिद्यावारिधी (पिएचडी) गरेर भारत सरकारको उच्च तहको जागिर छाडेका छन् भने नेपालका अर्जुन कार्की नेपाली सेनाको जागिर छाडेर चिया खेतीमा सहभागी भएर पर्यटनको बिकासमा लागि परेका छन् । दुवैले ग्रामिण पर्यटनको विकासका लागि एसोसिएसन अझ कन्भजरभेसन एण्ड टुरिज्म नामक संयुक्त सञ्जाल निर्माण गरेका छन् ।
उक्त संस्था मार्फत उनिहरुले दश बर्षदेखी पुर्वी नेपाल र पुर्वोत्तर भारत–बंगाल, सिक्किम र असमको ग्रामिण पर्यटनको विकासमा निरन्तर बहस जारी राखेका छन् । अलग देशका भएनी दुवैले एउटै उद्देश्य बोकेका छन् । पुर्वी नेपाल र पुर्वोत्तर भारतको ग्रामिण पर्यटनको विकासमा सीमाना बाधक बन्नु हुँदैन भन्ने मान्यताका साथ दुबै अघि बढीरहेका छन् । सीमाना बाधक नबन्ने हो भने मात्र दुवै देशको पर्यटन व्यवसाय फस्टाउन सक्ने उनिहरुको भनाइ रहेको छ ।

शानमान भन्दा ठूलो क्रसबोर्डर पर्यटन
करोडपतिका छोरा बसु ग्रामिण विकासको प्रवद्र्धनकालागि सर्मपित छन् । निम्नवर्गीय परिवारका अर्जुन बाहुनडाँगीमा रहेको १० बिगाह पाखोबारीमा चिया, मरिच र तेजपत्ताको खेती गर्छन् । हात्ती आतंकले आजित बनाएको बाहुनडाँगीमा हात्ती पोलो रेष्टुरेन्ट संचालन गरेर हात्ती हेर्ने पर्यटकलाई प्रोत्साहन गर्न सफल उनले बाहुनडाँडीको सलकपुरमा होमस्टे संचालन गराउन पनि सहयोग पुरयाइरहेका छन् ।
सञ्जालका अध्यक्ष बसु र महासचिव कार्कीको प्रयासले नै झापाको बाहुनडाँगी, शनिश्चरे र बुधबारे क्षेत्र कञ्चनजंघा रेन्जमा पर्न सफल भएको छ । कञ्चनजंघा रेन्जलाई बोर्डर मुक्त्त बनाउन सके नेपाल र भारतको ग्रामिण पर्यटनमा धेरै फाइदा पुग्ने उनिहरुको बुझाई छ ।
कहिले नेपालमा पर्यटन महोत्सव गरेर वा कहिले भारतको कलकत्तामा सुन्तला महोत्सव गरेर होस्, पुर्वी नेपाल र पुर्वोत्तर भारतको ग्रामिण पर्यटनको विकासकालागि साझा धारणा तयार गर्न जुटिरहेका छन ।
अभियान्ता बसुले शानले सरकारी जागिर खाएर अनि आफनै व्यवसाय चलाएर जीवन गुजार्न सकिने भएपनि उनले त्यो बाटो रोजेनन् । बरु फकिर झै घुमन्ते बनेर उनि ग्रामिण पर्यटनलाई प्रोत्साहन गर्न दार्जिलिंग, सिक्किम, असम मात्र नभएर देश बिदेश घुमिरहन्छन् ।
यता नेपाली सेनामा जागिर खाएर छाडेका सितेरियो कराँतेका प्रशिक्षक र कुशल बासुरी बादक अर्जुनले पनि आफनो कर्म व्यवसायिक कृषी खेती र ग्रामिण पर्यटनमै अर्पण गरेका छन् । उनी प्रकृति संरक्षण समाजको अध्यक्षमा ८ बर्षको अवधि पार गरिसकेका छन् । शिक्षित युवालाई गाउँमै आर्कषित गर्नुपर्छ भन्ने उद्देश्यका साथ आफै संस्थापक अध्यक्ष रहेर ग्रीन जेनेरेसन झापा नामक संस्था पनि स्थापना गरेका छन् ।

प्राचिनकालको सौहर्दता फर्काउने चाहना
प्राचिन कालमा नेपाल र भारतमा कुनै सीमाना थिएनन् । हिमालय क्षेत्रमा रहेका धेरै गुरुकुलहरुबाट दुबै देशका मानिसहरु शिक्षा लिने गर्दथे । फलस्वरुप संस्कृतिको विस्तार र विकास भएको थिजयो । पर्यटन अभियन्ता बसु र अर्जुन त्यही सौहर्दतालाई फर्काउन चाहन्छन् । र ग्रामिण पर्यटनको विकासबाट मात्र सौहर्दतालाई फर्काउन सम्भव रहेको उनीहरु बताउँछन् ।
पर्यटनमा सीमानालाई लचिलो बनाउन सके धेरै भारतीयहरु नेपाल आएर पर्यटन विकासमा लगानी गर्न सक्ने उनीहरुको भनाइरहेको छ । उचित प्रचार प्रसार भएमा विहार र पुर्वोत्तर भारतबाट धेरै पर्यटक नेपालमा आर्कषित गर्न सकिने उनिहरुको बिश्वास छ । तर संकिर्ण सोचले गर्दा नेपाल र भारतले आफनो पर्यटकिय क्षेत्रलाई फराकिलो बनाउन नसकिएको उनीहरु बताउँछन् ।
‘गुराँस, हात्ती, हिमाल, संस्कृति र कृषी पेशाहरु पुर्वी नेपाल र पुर्वोत्तर भारतको ग्रामिण पर्यटनका साझा तत्वहरु हुन्’ पर्यटन अभियन्ता बसु र कार्की भन्छन, ‘यिनीहरुलाई साझा रुपले बिक्रि गर्न सक्नुपर्छ बोर्डरको सिमामा लुकाएर राख्न हुँदैन ।’ निरन्तर छलफल, अन्र्तक्रिया र महोत्वसहरु गरेर क्रस बोर्डर पर्यटनलाई बढवा दिनुपर्ने उनिहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु