logo

bar

सोनमलाई कोएनाको गम्भीर प्रश्न

नयाँ पत्रिका काठमाडाैँ ३ वैशाख | बैशाख ०३, २०७५

जम्मुकस्मिरको कठुआमा ८ वर्षकी बालिकामाथि भएको सामूहिक बलात्कारको घटनालाई लिएर फिल्म अभिनेत्री कोएना मित्रा दुःखी मात्र छैनन् उनी आक्रोशित पनि छिन् । तर, उनले यस विषयमा भइरहेको विरोधलाई लिएर अभिनेत्री सोनम कपुरसँग गम्भीर प्रश्न सोधेकी छिन् ।

कोएनाले सामाजिक सञ्जालमा फिल्म अभिनेत्री सोनमसँग प्रश्न सोध्दै भनेकी छिन्, ‘यसप्रति तपाईंको कुनै प्रतिक्रिया छ, सोनम कपुर ? तपाईंले एक जघन्य अपराधको निन्दा गर्नुभयो, जसको म सराहना गर्छु । तर, तपाईंले ‘नक्कली हिन्दू’ लेखेर यसलाई साम्प्रदायिक रूप दिनुभयो ।’

उनले सुझाब दिँदै भनेकी छिन्, ‘तपाईंले यस्ता घटनाहरूको निन्दा सबै अपराधमा गर्नुपर्छ । तपाईं यो यौन दुराचारको घटनामा पूरै धर्मलाई कसरी दोष दिन सक्नुहुन्छ ? यी सबै पीडित हाम्रै हुन् ।’

तपाईको प्रतिक्रिया