logo

bar

प्रदेश सरकारलाई सर्टकोड नम्बर

नयाँ पत्रिका काठमाडाैँ ३ वैशाख | बैशाख ०३, २०७५

नेपाल दूरसञ्चार प्राधिकरणले सातै प्रदेश सरकारलाई निःशुल्क टेलिफोन सम्पर्क गर्न सर्टकोड नम्बर छुट्याएको छ । प्रदेश सरकारसँग स्थानीय जनताको सम्पर्कलाई व्यवस्थित र सहज बनाउन प्राधिकरणले चार अंकका टोल फ्री नम्बर उपलब्ध गराएको हो ।

प्राधिकरणले प्रदेश नम्बर १ लाई दुई साताअघि नै ‘१०९१’ नम्बर भएको सर्टकोड उपलब्ध गराइसकेको छ । कर्णाली प्रदेशलाई समेत मागअनुसार सर्टकोड उपलब्ध गराउने तयारी छ । अन्य प्रदेशबाट समेत सर्टकोडको माग भएमा त्यस्ता सर्टकोड नम्बर ‘रिजर्भ’ (रोकेर) राखिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

यी हुन्, प्रदेश सरकारका सर्टकोड
प्रदेश १ः १०९१
प्रदेश २ः १०९२
प्रदेश ३ः १०९३
प्रदेश ४ः १०९४
प्रदेश ५ः १०९४
प्रदेश ६ः १०९६
प्रदेश ७ः १०९७

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु