logo

bar

५० करोड लगानीमा विराटनगरमा खुल्यो ‘बिग होटल’

नयाँ पत्रिका विराटनगर, २ बैशाख | बैशाख ०२, २०७५

विराटनगर ९ स्थित रोडशेष चौकमा ५० करोड लगानीमा बिग होटल सञ्चालनमा आएको छ ।
नयाँ बर्षको पहिलो दिन पुर्व प्रधानमन्त्री झलनाथ खनालल उद्घाटन गरेपछि होटल औपचारिक रुपमा सञ्चालनमा आएको छ । फरक शैलीबाट ग्राहकलाई स्तरिय सेवासुविधा प्रदान गर्न ५० करोड खर्चेर नयाँ बिग होटल प्रा.ली. सञ्चालनमा ल्याएको होटल सञ्चालकद्वय विरेन्द्र न्यौपाने र रुकमणी राजभण्डारीले बताए । बिराटनगरकै सबै भन्दा ठूलो र स्तरिय दाबी गरिएको बिग होटल ६ तले भवनमा रहको छ । अत्याधुनिक सेवासुविधा सहितको रेष्टुरा, बार, क्याफे, लाईभ म्यूजिक, सेमिनार हल, सुइमिङपुल लगायतका सुबिधा उपलव्ध छन् ।

फरक व्यवस्थापन, फरक शैली
जनरत म्यानेजर केशवप्रसाद पौडेलका अनुसार होटलमा सुविधा युक्त एसी डिलक्स ५३ वटा कोठा छन् । तीन वर्ष अघि देखि निमार्ण कार्य सुरु गरिएको थियो । तारे होटलको व्यवस्थापनमा अनुभवी कर्मचारीहरुबाट सेवा प्रदान गरिने बजार व्यवस्थापक नरेश श्रेष्ठले जानकारी दिए । जसका कारण अन्य होटल भन्दा सेवा सुविधामा बिग होटलमा फरक शैली र फरक स्वाद हुने उनको भनाइ रहेको छ ।
बिराटनगरमा थ्री स्टार दाबी गरिएका होटल जेनियल र होटल ह्रयारिसनसँगै स्टार लेबलका होटल स्टर्न स्टार, स्वागतम, एसिया टिक, नमस्कार, पञ्चाली, कृष्णा, लगायतका एक दर्जन ठूला होटल संचालनमा आइसकेका छन् । यसबाहेक बिराटनगरमा स्तरिय दर्जनौ होटल रेष्टुरेन्ट पनि संचालनमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु