logo

bar

मुम्बईमाथि दिल्लीको सानदार जित

एजेन्सी काठमाडाैँ २ वैशाख | बैशाख ०२, २०७५

जासन रोयले ५३ बलमा ९१ रन बनाएपछि दिल्लीले मुम्बई इन्डियन्सलाई सात विकेटले हरायो

जासन रोयको ९१ रनको नटआउट इनिङको मद्दतमा शनिबार दिल्ली डेयरभिल्सले मुम्बई इन्डियन्सलाई सात विकेटले हराउँदै ११औँ इन्डियन प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ । दिल्लीले लगातार दुई खेलमा हार व्यहोरेको थियो । तेस्रो खेलमा जित निकाल्न रोय र रिसव पन्तले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए । रोयले ५३ बलमा समान ६ चौका र ६ छक्का प्रहार गरेका थिए । यता, मुम्बईले लिगका तीनै खेल गुमाएको छ ।

चुनौतीपूर्ण लक्ष्य
मुम्बईले घरेलु मैदान बाँखडेँ रंगशालामा पहिलो ब्याटिङ गरी २० ओभरमा ७ विकेट गुमाएर १ सय ९४ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा दिल्लीले २० ओभरमा तीन विकट गुमाएर १ सय ९५ रन जोड्यो । रोयले अन्तिम बलमा एक रन लिँदै जित दिलाएका हुन् ।

चार बलियो साझेदारी
दिल्लीले पहिलोदेखि चार विकेटका लागि बलियो साझेदारी साथ पायो । रोय र कप्तान गौतम गम्भीरले पहिलो विकेटका लागि ५.१ ओभरमा ५० रन बनाए । गम्भीरले १६ बलमा २ चौकाको सहयोगमा १५ रन बनाए । रोयले पन्तसँग दोस्रो विकेटका लागि ६९ रन जोडे । पन्तले २५ बलमा ६ चौका र २ छक्काको मद्दतमा ४७ रनको योगदान दिए । रोयले सेयास इयेरसँग चौथो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । इयेरले २० बलमा २७ रन जोड्न ३ चौका र १ छक्का प्रहार गरे ।

मुम्बईको गतिलो ब्याटिङ
मुम्बईले स्कोर बोर्डमा दिल्लीलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्न तीन ब्याट्सम्यानले महŒवपूर्ण योगदान गरेका थिए । मुम्बईले ओपनिङ पनि राम्रो नै पायो । सूर्यकुमार यादवले इभिन लेविसले पहिलो विकेटका लागि ८.६ ओभरमा १ सय २ रनको साझेदारी गरेका थिए । लेविसले २८ बलमा सामान ४ चौक र छक्का प्रहार गरेका थिए । यादवले ३२ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

इशान्त अर्धशतक बनाउन चुके
इशानले दिल्लीका बलरमाथि खनिँदै रनरेट उकासेका थिए । उनले २३ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए । कप्तान रोहित शर्माले १५ बलमा १८ रन तथा हार्दिक पाण्ड्याले १० बलमा ११ रनको योगदान दिए । सो इनिङमा मुम्बईका चार ब्याट्सम्यानले दोहोरो रन बनाएनन् ।

तपाईको प्रतिक्रिया