logo

bar

सेयर सूचीकृत

नयाँ पत्रिका काठमाडाैँ, १ वैशाख | बैशाख ०१, २०७५

बिहीबार नेप्सेमा ३ करोड २१ लाख ९८ हजार ९ सय ६७ दशमलव ४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । सो दिन कुल ९ कम्पनीहरूले सो संख्यामा सेयर सूचीकृत गरेका हुन् ।

सो दिन सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ४७ हजार २ सय ५० कित्ता, जानकी फाइनान्सले ६ लाख १५ हजार ३ सय ४६ कित्ता, लुम्बिनी जनरल इन्स्योरेन्सले १० लाख कित्ता, नागबेली लघुवित्तले २ लाख ४० हजार ४६ दशमलव १५ कित्ता र अपि पावर कम्पनीले ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत गरेको छ ।

त्यसैगरी, सन्राइज बैंकले १ करोड ६ लाख ३३ हजार ७ सय ६८ दशमलव ५ कित्ता, प्रुडेन्सियल इन्स्योरेन्सले १२ लाख ८३ हजार ४० कित्ता, प्राइम कमर्सियल बैंकले १ करोड ७० लाख ७८ हजार ६ सय ६६ दशमलव ८९ कित्ता र तिनाउ डेभलपमेन्ट बैंकले ४ लाख ६० हजार ८ सय ४९ दशमलव ९२ कित्ता बोनस सेयर सूचीकृत गरेका छन् ।

तपाईको प्रतिक्रिया