logo

bar

सांग्रिलाको अवितरित हकप्रद बाँडफाँड

नयाँ पत्रिका काठमाडाैँ, १ वैशाख | बैशाख ०१, २०७५

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चैत २३ गते अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ ।

कम्पनीले चैत १३ गतेदेखि २० गतेसम्म सिलबन्दी बोलपत्रमार्फत खरिद आह्वान गरेको संस्थापक समूहतर्फको ३ लाख ९२ हजार ७ सय ७२ दशमलव ५० कित्ता र सर्वसाधारण समूहतर्फको ५ लाख ९ हजार २ सय २५ कित्ता सेयर बाँडफाँड गरेको हो ।

बाँडफाँडमा नपरेको सेयरबापतको रकम चैत २९ गतेदेखि फाराममा उल्लेख गरेको बैंक खातामा रकमान्तरण गरिने व्यवस्था गरिएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

तपाईको प्रतिक्रिया