logo

bar

डिपीएल-२ को उपाधि धनगढीको पोल्टामा (फाेटाेफिचर)

नयाँ पत्रिका धनगढी | चैत ३०, २०७४

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि टिम चौराह अर्थात् अायाेजक टिम धनगढीले जितेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै उपाधि जितेको हो ।

शुक्रबार भएको फाइनल खेलमा धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन मात्रै बनाउन सक्यो । काठमाडौंका लागि अमित श्रेष्ठले विष्फोटक ब्याटिङ गर्दै ३९ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए । तर पनि जित भने दिलाउन सकेनन् । कप्तान ज्ञानेन्द्र मल्लले ३०, सन्नी पटेलले २२ रन बनाए भने नरेश बुढाऐरले १९ मात्रै बनाए । बलिङतर्फ काठमाडौंका सुबोध भाटीले २ विकेट लिए ।

धनगढीका लागि बलिङतर्फ ललित भण्डारीले तीन विकेट लिए । त्यस्तै रोहन मुस्ताफाले दुई विकेट लिए । यसअघि धनगढीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो ।
धनगढीको लागि सुनिल धमला र रोहन मुस्ताफाले उत्कृष्ट प्रदर्शन गरेर १२ रन जोड्दा पहिलो विकेट गुमाएको टिम चौराहको पारी सम्हालेका थिए । धमलाले ६३ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७८ रन बनाए । त्यस्तै मुस्ताफाले ४२ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ६० रन बनाए ।

गत बर्षको समेत उपाधि धनगढीले नै जितेको थियो । टिम धनगढीले उपाधि जितेसँगै २५ लाख नगद पाएको छ । उपविजेता बनेको काठमाडौंले भने १० लाख नगदमा चित्त बुझाएको छ । डीपीएल २ गत चैत १७ बाट धनगढीको एसएसपी क्रिकेट मैदानमा सुरु भएको थियो ।

 

तपाईको प्रतिक्रिया