logo

bar

सहयोगीको बोनस सेयर वितरण

नयाँ पत्रिका काठमाडाैँ, २५ चैत | चैत २५, २०७४

सहयोगी विकास बैंक लिमिटेडले २० प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा गरेको छ ।

कम्पनीले मंसिर २८ गतेसम्ममा अभौतिक सेयर धारण गरेका सेयरधनीहरूको खातामा सो बोनस सेयर जम्मा गरेको हो ।

कम्पनीको सेयर रजिस्ट्रार एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । हालसम्म सेयर अभौतिक नगराएका सेयरधनीहरूलाई शीघ्र सेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।

पुस १५ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले सो बोनस सेयरको प्रस्ताव पारित गरेको थियो ।

तपाईको प्रतिक्रिया