logo

bar

फर्स्टको हकप्रद निष्कासन बन्द

नयाँ पत्रिका काठमाडाैँ, २५ चैत | चैत २५, २०७४

फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि २ बराबर १ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद चैत २३ गते सकिएको छ ।

कम्पनीले प्रतिकित्ता रू. १ सय अंकित मूल्यका २२ लाख ८१ हजार ३ सय १३ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरूले ग्लोबल आइएमई क्यापिटललगायत फस्र्ट माइक्रो फाइनान्सका शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले माघ ९ गते बुक क्लोज गरेको थियो ।

तपाईको प्रतिक्रिया