logo

bar

प्रधानमन्त्री ओली हैदरावाद हाउसमा, मोदीसँग वार्ता सुरु

पर्शुराम काफ्ले/नयाँ पत्रिका, नयाँ दिल्ली, २४ चैत | चैत २४, २०७४

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा औपचारिक वार्ता सुरु भएको छ । राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुगेर प्रधानमन्त्री ओली हैदरावाद हाउस आएका हुन् ।

 

मोदी र ओलीबीच रेस्टीक्टेड वार्ता शुरु भएको छ । रेस्टिक्टेड वार्तामा ओलीसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्यमन्त्री मात्रिका यादब, प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल, मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्रसचिव शंकरदास बैरागी, कार्यवाहक राजदूत भरतकुमार रेग्मी तथा नेपाली दुताबासका राजनीतिक काउन्सिलर हरि ओडारी सहभागी छन् ।

यो सकिएलगत्तै अर्को वार्तामा प्रधानमन्त्रीको कार्यतालिका अनुसार प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्रीसहित १३ जना सहभागी रहने तय भइसकेको छ ।

तस्बिर स्रोत : कृष्ण पौडेल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु