logo

bar

एनआरएन युएईले एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

लक्ष्मण खनाल  युएई, १६ चैत | चैत १६, २०७४

गैर आवासिय नेपाली संघ युएईले एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । दुबईको अबुहेलमा रहेको नुर अल अस्पतालको सहकार्य तथा प्राविधिक सहयोगमा आगामी अप्रिल १३ मा विभिन्न क्षेत्रका स्वास्थ्य विषेशज्ञ सेवासहित नेपालीहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण गरिने एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले बताए । उनका अनुसार उक्त शिविर दुबईको अवुहेलमा रहेको नुर अल अस्पतालमा बिहान ९ बजे देखि ५ बजे सम्म सञ्चालन हुनेछ ।

बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको खाना, डिउटी समय, युएईको बातावरण आदि कारणले गर्दा उनीहरुको स्वास्थ्यमा विभिन्न समस्याहरु देखिने गरेको र त्यस्ता समस्याहरुको समाधानका लागि आवश्यक निशुल्क स्वास्थ्य परामर्श र जाँचको लागि एनआरएनले पहलकदमी गरेको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए ।

युएईमा दाँतको परिक्षण र परामर्श महँगो पर्ने हुदाँ एनआरएनले निशुल्क दाँत परिक्षणलाई प्रथामिकतामा राखेको श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया