logo

bar

बागलुङमा बस दुर्घटना, १ को मृत्यु, ११ जना घाईते

नारायण रिजाल बागलुङ, ६ चैत | चैत ०६, २०७४

बागलुङको ढोरपाटनमा यात्रुबाहक बस दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ भने चालक सहित ११ जना घाईते भएका छन ।

आज बिहान बुटवलबाट बुर्तिबाङ तर्फ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको रात्री बस ढोरपाटन नगरपालिका–१ गरगरे भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट बडिगाड खोलामा खसेको थियो ।

दुर्घटनामा परि तमानखोला वडा नं. ३ का ८५ बर्षिय कुमारी बुढाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चालक पाल्पा जिल्ला रिप्तीकोट–५ का ४७ वर्षीय कलबहादुर थापा, उनका २१ वर्षीय छोरा बिमल थापा, बागलुङ तमानखोला–२ का १९ वर्षीय केसु घर्ती, ढोरपाटन नगरपालिका–८ का ५० वर्षीय नरबहादुर बिक, सोही स्थानका ४५ वर्षीय दुर्गा बहादुर विक, १८ वर्षीय झकास विक, ढोरपाटन–८ का बर्ष १५ कि चन्द्रमला विक रहेको छ ।

त्यसैगरी भारत रामपुर रतनपुरा बस्ने ३३ को मुस्तेतार अलि, २२ वर्षीय युवराज खान, ढोरपाटन ८ २२ वर्षीय सुभाष विक र ९ वर्षकी आशिका विकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

घाईतेमध्ये भारत रामपुर रतनपुरा बस्ने बर्ष ३३ को मुस्तेतार अलि र ढोरपाटन ८ का बर्ष १५ कि चन्द्रमला विकको अवस्था केही जटिल रहेकाले थप उपचारका लागि पाल्पाको लुम्बिनी मेडिकल कलेजमा रिफर गरिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु