logo

bar

ठगीको आरोपमा कलेज सञ्चालक पक्राउ

नयाँ पत्रिका धनगढी, ६ चैत | चैत ०६, २०७४

विद्यार्थीलाई ठगेको आरोपमा कैलालीको अत्तरियास्थित सुपरलिंक टेक्निकल कलेजका दुई सञ्चालक सोमबार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार सञ्चालक निर्मला विष्ट र धर्मराज भट्ट पक्राउ परेका हुन् । विद्यार्थीको उजुरीका आधारमा पक्राउ गरिएको डिएसपी सागर बोहराले बताए । ‘पक्राउ गरेर अनुसन्धान सुरु गरेका छौँ,’ डिएसपी बोहराले भने ।

सिटिइभिटीबाट मान्यता प्राप्त भन्दै कलेजले जेटिएको पढाइ गर्दै आएको छ । १८ महिने जेटिएमा २३ विद्यार्थी अध्ययनरत छन् । ‘सिटिइभिटीबाट मान्यता प्राप्त भनेर भर्ना लियौँ, ठगेको रहेछ,’ विद्यार्थी ऋतु बोहराले भनिन् ।

कलेजको मुख्य कार्यालय कञ्चनपुरको महेन्द्रनगरमा रहेको छ । त्यहाँका विद्यार्थीलाई पनि ठगेको भन्दै उजुरी परेको छ । ‘कञ्चनपुरमा पनि उजुरी दिएका छौँ,’ अर्का विद्यार्थी सूर्य भट्टले भने ।

विद्यार्थीले कलेजले लिएको शुल्क फिर्ता गराइदिन र सञ्चालकलाई कारबाही गर्न माग गरी प्रहरीमा उजुरी दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु