logo

bar

टोपबहादुरलाई नेपाल फर्काउन सहयोग संकलन

लक्ष्मण खनाल /नयाँ पत्रिका युएई, ४ चैत | चैत ०४, २०७४

युएई अदालतको फैसलाअनुसार ब्लडमनी एक लाख युएई दिराम (करिब २८ लाख नेपाली रुपैयाँ) तिर्न नसकेका चितवन खैरेनीका टोपबहादुर विकलाई नेपाल फर्काउन आर्थिक सहयोग संकलन अभियान सुरु भएको छ ।

अभियानअन्तर्गत एनआरएन युएईले शुक्रबार युएईमा क्रियाशील विभिन्न संघसंस्थाको भेला राखेर आर्थिक सहयोग संकलन अभियान सुरु गरेको हो । कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिले सहयोग गर्ने आर्थिक रकम घोषणा गरेका थिए ।

गत साता नेपाली दूतावास युएईको समन्वयमा सो देशमा क्रियाशील विभिन्न संघसंस्थाको भेलाले टोपबहादुर बचाउ अभियानको संयोजनकारी भूमिका निर्वाह गर्न गैरआवासीय नेपाली संघ युएईलाई जिम्मेवारी दिएको थियो ।

अहिलेसम्म विकका लागि ५७ हजार युएई दिहराम सहयोग गर्ने प्रतिबद्धता विभिन्न संघसंस्थाले जनाइसकेका छन् । अब उनलाई नेपाल फिर्तीका लागि ४३ हजार युएई दिराम (करिब १३ लाख नेपाली) आवश्यक पर्ने देखिन्छ ।

चार वर्षअघि काम गर्ने सिलसिलामा क्रेन दुर्घटना भएर दुईजना थाई नागरिकको मृत्यु भएको थियो । सो घटनामा त्यहाँको अदालतले मृतकका  परिवारलाई ब्लडमनीस्वरूप टोपबहादुरले एक लाख युएई दिराम दिनुपर्ने फैसला सुनाएको थियो ।

तपाईको प्रतिक्रिया