विमान दुर्घटनाका कारण बंगलादेशमा राष्ट्रिय शोक घोषणा - Naya Patrika
eNaya Patrika
  • ePaper

विमान दुर्घटनाका कारण बंगलादेशमा राष्ट्रिय शोक घोषणा

बंगलादेश सरकारले बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो । बुधबार आकस्मिक रुपमा बसेको बंगलादेशको मन्त्रिपरिषदको बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो ।

बिहीबारका लागि राष्ट्रिय शोकको घोषणा गरिएको र त्यसदिन उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति विभिन्न मन्दिर, चर्च, मस्जिदमा शान्तिको लागि प्रार्थना गरिनेछ भने त्यस दिनका लागि राष्ट्रिय बिदा दिइने छ ।

बंगलादेशको राजधानी ढाकाबाट आएको उक्त विमान गत सोमबार अपराह्न नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको ज्यान गएको थियो । जसमा २६ जना बंगलादेशी नागरिक रहेका छन् । सो विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार थिए ।

तपाईको प्रतिक्रिया