गुल्मीकाे धुर्कोट गाउँपालिकाकाले जारी गर्‍यो शिक्षा ऐन - Naya Patrika
eNaya Patrika
  • ePaper

गुल्मीकाे धुर्कोट गाउँपालिकाकाले जारी गर्‍यो शिक्षा ऐन

गुल्मीको धुर्कोट गाउँपालिकाले ‘शिक्षा ऐन २०७४’ जारी गरेको छ । प्रदेश ५ का गाउँपालिकामा शिक्षा ऐन जारी गर्ने धुर्कोट दोस्रो गाउँपालिका बनेको छ । यसअघि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सबैभन्दा पहिला शिक्षा ऐन जारी गरेको थियो ।

गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले प्रमाणित र गाउँसभाले पारित गरेपछि शिक्षा ऐन गाउँपालिकाको राजपत्रमा प्रकाशित भएको हो । ३२ पृष्ठ लामो ऐनमा ९ परिच्छेद छन् । ऐनमा दृष्टिविहीन, बहिरा, अटिज्म, बौद्धिक अपांगता, सुस्तश्रवण वा शारीरिक अपांगता भएका बालबालिकालाई विशेष शिक्षा दिने उल्लेख गरिएको छ ।

३० लाखभन्दा माथि सहयोग गर्नेको नाममा विद्यालय
कुनै पनि व्यक्तिले आफ्नो वा आफूले चाहेको नामबाट विद्यालयको नामकरण गर्न सक्ने व्यवस्था ऐनमा गरिएको छ । माध्यमिक विद्यालयको नामकरणका लागि ५० लाख र आधारभूत विद्यालयलको नामकरणका लागि ३० लाख रुपैयाँ सहयोग गर्नुपर्ने व्यवस्था ऐनमा गरिएको स्रोतव्यक्ति केशव पराजुलीले बताए । वडाध्यक्षको संयोजकत्वमा सात सदस्यीय वडा शिक्षा समितिको व्यवस्था पनि ऐनमा गरिएको छ ।

तपाईको प्रतिक्रिया