हिमालयनको सानदार जित - Naya Patrika
eNaya Patrika
  • ePaper

हिमालयनको सानदार जित

हिमालयन होन्ड्सले जेभियर इन्टरनेसनल कलेजलाई क्विन्स बास्केटबल लिग प्रतियोगितामा ८८–५७ को फराकिलो अन्तरले हराएको छ । हिमालयनले सुरुदेखि चौथो क्वार्टरसम्म होन्ड्सलाई दबाबमा राखेको थियो । हिमालयनको जितमा मनीष केसीले सर्वाधिक २० स्कोरको योगदान गरेका थिए । यसैगरी विजय बुर्जाले १३ तथा महिन्द्र भण्डारीले १४ स्कोर गरे ।

पहिलो क्वार्टरमा हिमालयनलाई होन्ड्सले १८–१४ मा रोकेको थियो । दोस्रो क्वार्टरमा होन्ड्सले हिमालयनलाई १५–१२ ले पछि पार्‍यो । तर, तेस्रो तथा चौथो क्वार्टरमा हिमालयनले उत्कृष्ट खेल प्रदर्शन गर्दा होन्ड्स खेलमा फर्कन सकेन । तेस्रो क्वार्टरमा हिमालयनले २९–१० तथा चौथोमा २९–१८ को स्कोर गर्दै सानदार जित निकाल्यो । जेभियरका लागि अनिश मगरले सर्वाधिक २१ स्कोर गरे ।

लिगअन्तर्गत अर्को खेलमा विशाल मिलनले कीर्तिपुर बास्केटबल टिमलाई ६८–५७ को स्कोरमा हरायो । खेलको पहिलो क्वार्टरमा विशालले कीर्तिपुरलाई २२–१५ ले निराश पारेको थियो । दोस्रो क्वार्टरमा विशाल मिलन १३–१० ले अगाडि बढ्यो । तेस्रो क्वार्टर समाप्तीसम्म विशाल मिलनले ५४–४१ को अग्रता लिइसकेको थियो । चौथो तथा अन्तिम क्वार्टरमा कीर्तिपुरले १६–१४ को स्कोर गर्‍यो ।

प्रतियोगितामा विशाल मिलनले २१ अंक जोडेको छ । लिगमा गोल्डेनगेट इन्टरनेसनल कलेजले पनि २१ नै अंक जोडेको छ । लिगको शीर्ष स्थानमा त्रिभुवन आर्मीले २४ अंक बटुलेको छ । विशाल मिलनले ९ खेल तथा गोल्डेनगेटले ११ खेल खेलेका छन् ।

तपाईको प्रतिक्रिया