यस्ताे देखियाे, संघीय संसद भवनमा राष्ट्रपति निर्वाचन {फाेटाेफिचर} - Naya Patrika
eNaya Patrika
  • ePaper

यस्ताे देखियाे, संघीय संसद भवनमा राष्ट्रपति निर्वाचन {फाेटाेफिचर}

राष्ट्रपतिको निर्वाचन काठमाडौँको नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा जारी छ । विहान १० बजेबाट सुरु भएको निर्वाचन प्रकृया अपरान्ह ३ बजेसम्म मतदान गर्न सकिने छ । राष्ट्रपतिका लागि संघीय संसदका सांसदहरु (प्रतिनिधिसभा र राष्ट्रयसभाका सांसद) र प्रदेशसभाका सांसदहरुले मतदान गर्न पाउनेछन् । संघीय संसदमा ३३१ जना र प्रदेशसभामा ५ सय ५९ जना सांसदहरु रहेका छन् ।

राष्ट्रपतिको दौडमा वाम गठबन्धन (एमाले र माओवादी)को तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसको तर्फबाट कुमारी लक्ष्मी राई प्रतिस्पर्धामा रहेका छन् । राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, सभामुख कृष्णबहादुर महरालगायतले मतदान गरिसकेका छन् ।

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

   

तपाईको प्रतिक्रिया