छुट्टा–छुट्टै दुर्घटनामा २ को मृत्यु - Naya Patrika
eNaya Patrika
  • ePaper

छुट्टा–छुट्टै दुर्घटनामा २ को मृत्यु

ईच्छाकामना गाउपालिका–६ पाँचकिलो स्थित मुग्लिङ नारायणगढ सडकखण्डमा मुग्लिङबाट नारायणगड तर्फ आउँदै गरेको के ए ०१ एएच २५९६ नम्बरको खाली ग्यास बुलेट दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुलेट चालक रहेको र उनको स्टेरिङमा च्यापिई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रवत्ता डिएसपी प्रभुप्रसाद ढकालले बताए । बुलेट सडकबाट करिव ३० मिटर तल खोलामा झरेको थियो ।

त्यस्तै आज बिहान ईच्छाकामना गाउपालिका–३ चुम्लिङटारमा धादिङबाट पोखरा तर्फ जाँदैै गरेको बा १२ च ४६१५ नं. को कार अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

कारमा सवार ४ जना घाईते भएको छ । घाईतेहरूलाई उपचारका लागि अस्पताल तर्फ ल्याउने क्रममा धादिङ छाप्रे ३ का वर्ष २३ का सरोज सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया