नौ दिन देखि बेपत्ता रहेका मुखियाको शब फेला - Naya Patrika
eNaya Patrika
  • ePaper

नौ दिन देखि बेपत्ता रहेका मुखियाको शब फेला

नौ दिन देखि बेपत्ता रहेका २६ वर्षीय साजन मुखियाको शब इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा सोमबार फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रहरीले उनको शव मेची राजमार्गदेखि ५० फिट तल बोरामा बाँधेर फ्याँकिएको अवस्थामा फेला पारेको हो ।

घटनाको विरोधमा सुनचाँदी व्यवसायी संघ र बिर्तामोड उद्योग वाणिज्य संघले आज एक दिनका लागि बजार बन्द गराएका छन् ।

घटनामा संलग्न भएको आशंका प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान पुरा भएपछि उनीहरुलाई सार्वजनिक गरिने इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

मुखिया दुई वर्षदेखि बिर्तामोडमा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया