टोनर प्रयोग गर्ने तरिका - Naya Patrika
eNaya Patrika
  • ePaper

टोनर प्रयोग गर्ने तरिका

टोनरलाई अनुहार सफा गर्न प्रयोग गरिन्छ । यसले अनुहारको फोहोरलाई राम्रोसँग हटाउँछ । तर, यसले प्रभावकारी काम गरोस् भन्नका खातिर सावधानीपूर्वक प्रयोग गर्न आवश्यक हुन्छ । टोनरलाई यसरी प्रयोग गर्न सक्नुहुन्छ :

अनुहार सफा गर्नुस्
सबैभन्दा पहिला मनतातो पानीले अनुहार सफा गर्नुस् र छालामा क्लिन्जर लगाउनुस् । मेकअप फोहोरलाई सफा गर्न क्लिन्जरलाई हल्का गरी मसाज गर्नुस् ।

मनतातो पानीले सफा गर्नुस् । त्यसपछि पुनः चिसो पानीले सफा गर्नुस् । अनि सुक्खा हुने गरी पुछ्नुस् ।

टोनरको प्रयोग
अनुहार सुक्खा भएपछि टोनरलाई कटनप्याडमा राखेर अनुहारमा लगाउनुस् । टोनर प्रयोगका लागि कपासको पनि सहारा लिन सक्नुहुन्छ र कटनप्याडलाई बिस्तारै अनुहारदेखि घाँटीसम्म दल्नुस् ।

तर, आँखामा नपरोस् भन्ने कुरामा चाहिँ सचेत हुनुपर्छ ।

नाक, आइब्रो, कान र रौँको छेउछाउमा प्रयोग गर्दा विशेष सावधानी अपनाउनुस् । टोनर प्रयोग गर्नुभन्दा पहिला कपालमा क्लिन्जरको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

स्प्रे टोनर
स्प्रे टोनरको प्रयोग गर्दा केही कुरामा ध्यान दिनु आवश्यक छ । स्प्रे टोनरले छालालाई सुक्खा बनाउँछ र राम्रोसँग फोहोर पनि हटाउँदैन ।

त्यसैले स्प्रे टोनरको प्रयोगपूर्व वाइपिङ टोनरको प्रयोग गर्न आवश्यक हुन्छ । त्यसपछि स्प्रे टोनरको प्रयोग गर्दा प्रभावकारी हुन्छ ।

धैर्य गर्नुस्
यदि तपार्इं कालो धब्बा र कोठी हटाउन क्रिम वा औषधिको प्रयोग गरिरहनुभएको छ भने धैर्य गर्न आवश्यक छ ।

त्यस्तो औषधि र क्रिम टोनरको प्रयोगपछि मात्र लगाउनुस् किनकि टोनरले तपार्इंको छालालाई पूर्ण रूपमा सफा गर्छ । औषधि तथा क्रिमले राम्रोसँग काम गर्न सक्छ ।

दिनमा दुईपटक
बिहान र बेलुकी गरी दिनमा दुईपटक टोनरको प्रयोग गर्न सक्नुहुन्छ । यसो गर्दा रातमा छालाबाट निस्कने अनावश्यक पदार्थलाई पनि टोनरले सफा गर्ने काम गर्छ ।

क्लिन्जरको प्रयोगपछि टोनरले सफा गर्दा छालाको अनावश्यक तेललाई हटाएर सन्तुलित गर्ने काम गर्छ ।

तपाईको प्रतिक्रिया